616
Shares
रौतहट, ४ भदौं । १० प्लस टु का विद्यार्थीहरु तथा ४० बर्ष माथि उमेरका नेपाली नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप अभियान सुरु भएको छ ।
चिनियाँ खोप भेरोसेलको पहिलो खोप आजबाट लगाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाको सवै वडाबाट खोप लगाउने अभियान सुरु गरिएको छ । १८ बर्ष भन्दा माथिको १० प्लस टु मा अध्ययनरत, विश्वविद्यालय तमको परिक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वद्रीबहादुर खड्काले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने जनाएको छ ।