रौतहट, ५ भदौं । परोहा नगरपालिकाको एक अपराधिक प्रवृतिको युवकलाई भारत विहारको पुर्वी चम्पारण जिल्ला अन्तर्गत चम्पापुर बखरीमा गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेका छन् ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ३ बसन्तपटी गाउँ बस्ने जोगी सहनीको छोरा बर्ष ४५ का विन्दवासनी सहनीलाई शुक्रवार गोली हानेर हत्या गरिएको शव पुर्र्र्वी चम्पारण जिल्लाको चम्पापुर बखरी स्थित सडक किनारको धान खेतमा फेला परेका हुन् ।
नेपाली युवक सहनीको घाँटी, कन्चटमा गोली हानेर हत्या गरिएको छ । सहनीको शव संगै उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद भएको स्थानीय प्रत्यक्षदर्शीले तराई टप अनलाईनलाई जानकारी दिए ।
विन्दवासी अपराधी प्रवृतिका व्यक्ति थिए
युवक सहनी विगत १२ बर्ष देखि नेपालमा अपराधी कृयाकलाप घटाएर भारतमै बस्दै आएका थिए । उनी माथि आधा दर्जन मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता रहेको प्रहरी श्रोतबाट बुझिएको छ । प्रहरीको सर्वाधिक खोजीको सुचीमा रहेका सहनीको हत्या भएको छ । हत्या, अपहरण, फिरौती लगायतका कयौं मुद्दा रहदा सहनी नेपाल भारत सिमा देखि २० किलोमिटर दक्षिण चम्पार बखरीमा बस्दै आएको थियो ।
विन्दवासनी अपराधी कसरी बने
तात्कालिन माओवादीको सशस्त्र द्धन्दकालमा नेपाल प्रहरीको सुराकी एवं घुमुवा बनेर कतिपय माओवादीलाई हत्या गर्न लगाएको आरोप माओवादीहरुले लगाएका थिए । सोही कार्यको बदला लिन शान्ति वार्तामा आइसकेको माओवादीहरु २०६४ सालमा मृतक सहनीको दाजुहरु घरमा श्रीमती संग सुतिरहेको अवस्थामा शम्भु सहनी र श्यामसुन्दर सहनीलाई घरबाटै अपहरण गरेर वेपत्ता पारे । वेपत्ता पारिएको दुई दिनमै सहनी दाजु भाईलाई इनर्वा गाउँ छेउमा रहेको लाल बकैया नदीको बगरमा कोदालोको पासोबाट विभत्स तवरबाट काटेर हत्या गरे । हत्या पश्चात बालुमा खाल्डो खनेर शवलाई परिएका थिए ।
माओवादीको उक्त कार्य प्रति स्थानीयहरुको आक्रोश बढ्न थाल्दा शवको खोजतलासकै क्रममा हत्याको दुई दिन पछि शवलाई स्थानीयको सहयोगमा प्रहरीले फेला पर्न सफल भएपनि उक्त हत्यामा माओवादीलाई कारवाही भएन । मृतक परिवारले न्याय पाएन त्यस दिन देखि प्रहरीको सहयोग रहेका विन्दवासनी साहनी एक कुख्यात अपराधी बनेर घटनाहरुलाई अन्जाम दिदै आएका थिए । नेपालमा घटना गराएर भारतमा लुकेर बस्ने गरेको कतिपय स्थानीय बासिन्दाहरुले बताए । प्रहरीद्धारा अपराधी बनाइएको व्यक्तिको अन्त्य गोलीबाटै भएको छ, सहनी संगै उनको आतंक अस्ताएको छ ।

कतिपय विषलेश्कले नेपाल प्रहरीको घुमुवाहरु भारतमा गई विन्दवासनीलाई गोली हानेर हत्या गरेको छ तर सोको आधिकारीक पुष्टि भएको छैन । नेपाल प्रहरी भारतमा गएर मान्छे मार्न नसकिने तर भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा यस्तो घटना हुन सक्ने आशंकालाई नकार्न सकिन्न । आखिर अपराधमा संलग्न व्यक्तिको अन्त्य दुखद नै हुन्छ, अपराधबाट टाँढा रहौं, अपराधीलाई संरक्षण नगरौं, अन्यायीलाई कारवाहीको दायरामा ल्याउनमा सघाएर अपराधमुक्त समाजको निर्माण गरौं ।