63
Shares
जनकपुर, ११ माघ । आम जनता पार्टीद्धारा आह्वान गरिएका मधेश बन्दको समर्थनमा मधेश प्रदेशको राजधानी जनकपुरमा वृहत रयाली प्रदर्शन गरिएका छन् ।
आम जनता पार्टीका महासचिव उपेन्द्र साहको नेतृत्वमा आज विहानै निस्किएको विरोध जुलुशमा विभिन्न नाराहरु लगाउदै उपमहानगरको परिक्रमा गरिएका हुन् ।
भन्सारमा लुटकारी प्रथाको अन्त्य, वित्तिय एवं लघुवित्तिय बैंकिगबाट ठगिएका आम मानिसलाई राहत दिदै दोषिलाई कानुनी कारवाहीको डायरमा ल्याउ, मुलुकको वर्तमा व्यवस्था माथि प्रश्न चिन्ह् खडा भइरहेकोमा अविलम्ब अन्तरिम सरकारको गठन गरेर मुलुकलाई नयाँ निकास देऊ लगायतका नारा सहित आम जनता पार्टीद्धारा आज मधेश बन्दको आह्वान गरिएका छन् ।
यसैविच मधेश बन्दलाई सफल पार्न रौतहटको ग्रामिण भेगहरुमा टायर बालिएका छन् । पूर्ण रुपमा नभएपनि आँशिक रुपमा सवारी साधन गुडिरहेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट