रौतहटमा २१ जना र जनकपुरमा दर्जनौं आजपाका नेता एवं कार्यकर्ताहरु पक्राउ

72 Shares
रौतहट, ११ माघ । आम जनता पार्टीद्धारा आह्वान गरिएका मधेश बन्दको क्रममा अहिले सम्म रौतहटको विभिन्न स्थानहरुबाट २१ जनालाई नियन्त्रणमा प्रहरीले लिएका छन् ।
सार्वजनिक बाटोमा टायर बालेर बन्द गराउन खोज्दा जिल्लाको विभिन्न स्थानहरुबाट २१ जना प्रदर्शनकारीहरुलाई अहिले सम्म नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएका हुन् ।
डिएसपी गिरीका अनुसार सार्वजनिक यातायात एवं निजी सवारी सधान निर्वाध रुपमा संचालनमा रहेको हुँदा मधेश बन्दको प्रभाव रौतहटमा नरहेको दाबी गरिन् ।
यता जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा अवरोध गर्न भन्दै उनीहरू जनकपुर पुगेको र बिहानैदेखि जनकपुरको मुख्य क्षेत्र रामानन्द चोकमा अवरोध सिर्जना गराउन खोजिरहेको बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बजार बन्द गराउन खोज्ने र सरकारी गाडीलाई लक्षित गरी तोडफोड गर्ने तथा राष्ट्रिय सभा निर्वाचनमा अवरोध हुन नदिने भन्दै भेला भएका आम जनता पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार पार्टीका आईटी आर्मी संयोजक चन्द्रभुषण साह र मधेश प्रदेशका सह सचिव सुधिर यादवसहित करिब ३०÷३५ जना नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा लिइएका सबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा शान्तिपूर्ण प्रदर्शन एवं बन्द गराउदै हिडेका निर्दोष सयौं कार्यकर्ता एवं नेतालाई नियन्त्रणमा लिएकोमा गम्भीर आपत्ती प्रकट गर्दै नियन्त्रणमा लिएकाहरुलाई विना शर्त रिहा गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।