प्रहरीले नै लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहलाई फसाए

1447 Shares

 

तराई टप संवाददाता
रौतहट, ५ भदौं । “प्रहरी मेरो साथी” प्रहरी प्रधान कार्यालयको नारालाई रौतहट प्रहरीले धुमिल पुर्याउदै प्रहरी कसैको साथी नभई फसाउने मात्रै रहेको सिसिटिभी फुटेजबाट प्रमाणित भएको छ ।
हिन्दी सेनेमामा हेथ्र्यौ प्रहरीले कसरी निर्दोषलाई विभिन्न षड्यन्त्र गरेर फसाउने गर्दछ ठिक त्यसै अनुसार सुनियोजित तवरबाट अपराध अनुसन्धानमा खटिने र तिनलाई निर्देशन दिइने अनुसन्धान अधिकृतको क्रियाकलाप यतिखेर उजागर हुँदा प्रहरी माथिको विश्वास धुमिल हुन लागेको छ । भनिन्छ जो रक्षक त्यही भक्षक भएको एक घटनाबाट प्रमाणित भएका छन् ।
प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागु औषध राखेर समातेको सिसिटिभी फुटेजबाट प्रमाणित भएको रहस्य बाहिरिदा रौतहट प्रहरी प्रति विश्वास माथि प्रश्न चिन्ह खडा भएको छ ।

 

हिन्दी सेनेमामा हेथ्र्यौ प्रहरीले कसरी निर्दोषलाई विभिन्न षड्यन्त्र गरेर फसाउने गर्दछ ठिक त्यसै अनुसार सुनियोजित तवरबाट अपराध अनुसन्धानमा खटिने र तिनलाई निर्देशन दिइने अनुसन्धान अधिकृतको क्रियाकलाप यतिखेर उजागर हुँदा प्रहरी माथिको विश्वास धुमिल हुन लागेको छ । भनिन्छ जो रक्षक त्यही भक्षक भएको एक घटनाबाट प्रमाणित भएका छन् ।
प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागु औषध राखेर समातेको सिसिटिभी फुटेजबाट प्रमाणित भएको रहस्य बाहिरिदा रौतहट प्रहरी प्रति विश्वास माथि प्रश्न चिन्ह खडा भएको छ ।

 

घुमुवा प्रहरीले राख्न लगाए लागु औषध

गत साउन ३२ गते वेलुकी ८ बजेको समयमा गौर नगरपालिका वडा नम्वर १ स्थित ग्रिन सिगनल होटलबाट खाजा खाएर निस्किएका रौतहट एक्सप्रेसका संचालक एवं पत्रकार मोह्म्मद मोजिबुल्लाह र निजको मोटरसाइकल चलाउने सहकर्र्मी राजपुर नपा ७ बस्ने शेख गुलावलाई सादा पोशाकमा खटिएका घुमुवा प्रहरीले १०५ पिस नाइट्रोभेट लागु औषध सहित पक्राउ गरेका थिए ।
अपराध अनुसन्धानमा खटिएका ति सादा पोशाकको सहायक प्रहरी निरीक्षक उदयशंकर यादव र प्रहरी जवान मनोज साहको निर्देशनमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा उक्त प्रतिबन्धित लागु औषध राखेर समातेको नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालयको जिम्मेवार पदाधिकारी पत्रकार जस्तो व्यक्तिले लागु औषध ओसारपसारमा संलग्न रहदा गहन अनुसन्धान गर्नुपर्नुको साथै उल्टै पक्राउ पुर्जी नै नदिई म्याद थप गरेर कारवाही प्रक्रिया अगाडी बढाउदा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आन्तरिक रुपमा छानविन सुरु गर्दा उक्त सिसिटिभ फुटेज फेला परेकोबाट प्रहरीको कर्तुत बाहिरिएका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले सार्वजनिक गरे सिसिटिभी फुटेज

नेपाल पत्रकार महासंघ रौतहट शाखाको सचिव मदन ठाकुरले गौर नपाको सभाकक्षमा फेला परेको सिसिटिभी फुटेज सार्वजनिक गर्दै प्रष्ट रुपमा अपराध अनुसन्धानमा खटिएका प्रसनी यादव र प्रज साह पत्रकार मोजिबुल्लाको पार्किंग गरिएको मोटरसाइकलमा स्थानीय धिरज यादव तथा जितेश यादवले लागु औषध राखेप्रति महासंघले प्रहरीको कार्यशैली एवं कर्तुत माथि प्रश्न चिन्ह खडा गरेका छन् ।

महासंघले सार्वजनिक गरे विज्ञप्ती

महासंघको कन्द्रीय सदस्य शिवबहादुर पुरी, शाखा अध्यक्ष प्रेमचन्द्र झा, सचिव मदन ठाकुर, उपाध्यक्ष प्रविणकुमार शर्मा र सल्लाहकारी संजय कार्कीद्धारा संयुक्त रुपमा हस्ताक्षरित जारी भएको विज्ञप्तीमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरीको कार्य शैली माथि प्रश्न चिन्ह खडा गर्दै खाजा खान गएको पत्रकारको मोटरसाइकलमा लागु औषध राख्न लगाएर समातिनु कार्य प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्दोष रहेका पत्रकार मोजिबुल्लाह र निजका सहयोगी शेख गुलावलाई सोमवार सम्म हिरासतमुक्त गर्नुको साथै लागु औषध राख्ने प्रहरी देखि लिएर अन्य व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने अन्यथा महासंघ कानुनी राज्यको अवधारणालाई टेक्दै मानवअधिकारको प्रति प्रतिबद्ध भई शान्तिपूर्ण चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिए ।
“प्रहरी मेरो साथी” नेपाल प्रहरीको स्लोगनलाई रौतहट प्रहरीको कारण बदनाम हुने अवस्थामा पुगेको छ । प्रहरीले जनतालाई शान्ति सुरक्षा दिनुको साथै जनतालाई नै फसाउने कार्य गरेकोमा यहाँको प्रहरी माथि विश्वास गर्ने आधारहरु कम हुदै गएको छ । गत बर्ष भदौ महिनामा इलाका प्रहरी कार्यालय गरुडाको हिरासत कक्षमा निरंजन रामको हत्या गरेको आरोपमा पक्राउ परेका विजय रामलाई जिल्ला प्रहरी कार्यालय गौरबाट गएको प्रहरी टोलीले निर्घात कुटपिट गरेर हत्या गरेकोबाट धेरै बदनाम भएका रौतहट प्रहरीको छाप पुनः पत्रकारलाई फसाउने कार्यबाट झन् बदनाम भएको नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
उक्त घटनामा संलग्न दोषी प्रहरीले फरार भएको तर अहिले सम्म समात्न नसक्नु विडम्बना त छदै छ समाजलाई सु सुचित गराउन अभिभारा बोकेको व्यक्तिलाई लागु औषधमा फसाएर रौतहटको पत्रकारितालाई बदनाम गराउने कठसित मानसिक्ताबाट ग्रसित रहेका प्रहरीको कार्य शैलीलाई लिएर निष्पक्ष रुपमा छानविन गरी दोषिलाई कारवाही गर्न उनले माग गरे ।
श्रोतका अनुसार पत्रकार मोजिबुल्लाहलाई लागु औषधमा फसाउने घुमुवा प्रहरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएको छ भने दुई जना स्थानीय धिरज यादव र जितेस यादवलाई जिल्ला प्रहरी कार्यालय गौरले समातेको छ ।
रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले हामी अनुसन्धान गर्दै छौं अहिले नै केही भन्न नमिल्ने जवाफ दिए । सिसिटिभी फुटेजबाट फसाउने कार्य देखिएको हुँदा हामी गम्भीर भएर अनुसन्धानमा लागेको र चाँडै दोषिलाई सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार