गौरमा आज देखि मेयर कप टि–२० क्रिकेट म्याच प्रारम्भ

102 Shares

रौतहट, १३ माघ । रौतहट सदरमुकाम गौर स्थित राइस मिल्सको खेल मैदानमा शनिवार देखि मेयर कप टि २० क्रिकेट टुर्णामेन्ट सुरु भएका छन् ।
गौर नगरपालिकाको सहयोगमा आज देखि सुरु भएको मेयर कपमा गौर नपाको ९ वटा वडाको टिमहरु सहभागीता रहेको र उक्त खेललाई रौतहट क्रिकेट संघले संचालन गराएका हन् । आज पहिलो खेलमा गौर नपाको १ र ५ वडाको टिम आपसमा भिडिरहेको छ । वडा नम्वर १ ले ब्याटिंग गरिरहेको छ भने ५ नम्वरको खेलाडी फिल्डींगमा रहेको जिल्ला क्रिकेट संघ रौतहटले जनाएको हो ।


यस अघि मेयर कपको औपचारिक रुपमा उदघाटन गर्दै गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले गौर नगरबाट उत्कृष्ट खेलाडी चयन गरेर पालिका कपमा गौर नगरको राम्रो र बलियो टिम सहभागी गराउने उद्देश्यबाट मेयर कप आयोजना गराइएको बताए । स्थानीय स्तरमा गुणस्तरिय खेलाडी उत्पादन गरेर प्रदेश, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा यहाँका खेलाडीलाई सहभागी गराएर रौतहटको नाम उच्च पार्न कार्यमा यस्ता खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
क्रिकेटको भविष्य नेपालमा राम्रो भएको हुँदा यस क्षेत्रमा पनि युवाहरुको कैरियर निर्माण गर्न सहायक रुपमा भुमिका निर्वाह गर्न सक्छ भन्दै स्थानीय सरकारले क्रिकेट खेलमा समेत लगानी गर्दै आएको उनले भने । नगरमा हुने जुनसुकै प्रतियोगिता गराउनु अगाबै अनिवार्य रुपमा नगरबाट स्वीकृति लिदा राम्रो हुने र नगरपालिकाबाट गर्न सकिने सहयोग गर्न सकिने भएको हुँदा आउदो समयमा यस्ता कार्यहरुमाथि विचार पुर्याउन समेत आग्रह गरे ।
रौतहट क्रिकेट संघको अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन्न उदघाटन खेलमा गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, रौतहट क्रिकेट संघका कोषाध्यक्ष पालु साह, सशस्त्र प्रहरीका डिएसपी अमर लामा लगायतका व्यक्तिहरुको मञ्चमा उपस्थिति रहेको थियो ।
मेयर कपलाई व्यवस्थित गराउन नेपाल क्रिकेट संघद्वारा मान्यता प्राप्त अम्पायरको व्यवस्थापन गरिएको तथा स्थानीय रेड टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भईरहेको संघको मिडिया संयोजक प्रविण टिब्डेवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार