रौतहट, १४ माघ । रंगपुर साझेदारी वन व्यवस्थापन समितिको बसेको साधारण सभाबाट अशोक यादवलाई अध्यक्ष पदमा निर्विरोध चयन गरिएका छन् ।
रंगपुर साझेदारी वन व्यवस्थापन समितिको शनिवार गरुडामा सम्पन्न भएको साधारण सभाबाट यादवलाई निर्विरोध निर्वाचित गरिएका हुन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ झाँझ पुलस्थित माध्यमिक विद्यालयमा सम्पन्न भएको साधारण सभामा यादवको मात्र मनोनयन दर्ता भएकोले उनी निर्विरोध चयन भएको छ । अध्यक्ष पदमा यादव निर्विरोध निर्वाचित भएपछि अन्य पदहरुमा पनि सहमतिको वातावरण बनाउन छलफल भइरहेका छन् ।
साधारण सभाको उदघाटनमा पूर्व प्रदेश राज्यमन्त्री नागेन्द्र यादवले गर्दै साझेदारी वनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएका बताए ।
वन समूहको नयाँ नेतृत्वले सर्वसाधारणलाई दिने सुविधामा अझै सहजीकरण गर्ने तथा वन र वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट