रौतहट, १४ माघ । गौर नगरपालिका सिर्सियाका समाजसेवी एवं नविनतम उद्यमी विजयकुमार श्रीवास्तवको सहयोगमा संचालित निशुल्क आँखा शिविरमा छनौट भएका २०७ जना मोतिया बिन्दुका विरामहरु मध्ये ७६ जनाको आईतवार गौर आँखा अस्पताल पुरेनवामा शैल्यक्रिया भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ९ सिर्सियामा शनिवार संचालन भएका निशुल्क आँखा शिविरमा ४६० जनाले आँखाको परिक्षण गराएका थिए । जसमध्ये २०७ जना विरामीको आँखामा मोतियाबिन्दु रोग लागेको हुँदा उनीहरुलाई समाजसेवी श्रीवास्तवको सहयोगमा निशुल्क शैल्यक्रिया गरिने योजना अन्तर्गत आज ७६ जना विरामीको शैल्यक्रिया भएका हुन् ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा, स्थानीय आयोजकले आफना स्वर्गिय बुवा मदनमोहन श्रीवास्त र स्व. आमा कृष्ण देवीको स्मृतिमा छोराद्धय विजयकुमार श्रीवास्ताव र अजयकुमार श्रीवास्तवले मानविय सेवा मार्फत आफना अनुकर्णिय कार्यलाई प्रत्येक बर्ष झै यसपाली निरन्तरता दिएको उनले बताए ।
शिविरमा छनौट भएका २०७ जना मध्ये आज ७६ जनाको गौर आँखा अस्पताल पुरेनवामा सफल शैल्यक्रिया सम्पन्न भएको शिविरका संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
विरामी तथा कुरुवाहरुको खाना, नास्ता लगायतका बन्दोबस्त अस्पतालको समन्वयमा श्रीवास्तवले मिलाएको छ । बाँकी रहेका विरामीहरुलाई सोमवार र मंगलवार शैल्यक्रिया हुने अस्पताल प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरीले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन