रौतहट प्रहरीको कार्य प्रति महासंघ केन्द्रीय कार्यालयको निन्दा

तराई टप संवाददाता
रौतहट, ६ भदौं । रौतहटको पत्रकारलाई षड्यन्त्र पूर्वक लागु औषध राखेर फसाएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौले सो कार्यको निन्दा एवं भर्सना गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आईतवार विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरीले गरेको निन्दनिय कार्यपति घोर आपत्ती जनाउदै विरोध प्रकट गरेको हो ।
महासचिव रोशन पुरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरीको बदनियतपूर्ण कार्यबाट आम नागरिकमा प्रहरी प्रतिको विश्वासमा आघात पुग्नुको साथै कानुनी राज्यको उपहार भउको ठहर गरेको छ । गौर नपा १ स्थित ग्रिण सिग्नल रेष्टुरेन्टमा खाजा खाना गएको रौतहट एक्सप्रेस अनलाई पोर्टलका संचालक एवं पत्रकार मोहम्मद मोजिबुल्लाह र निजको सवारी चालकलाई जिल्ला प्रहरी कार्यालय गौरबाट परिचालित सादा पोशाकका घुमुवा इन्चार्ज प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहले योजनाबद्ध ढंगबाट लागु औषध राखेर फसाएको सिसिटिभी फुटेज रौतहट शाखाले सार्वजनिक गरेकोबाट पुष्टि भएको छ ।
साउन ३२ गते साँझ होटल अगाडी पार्किङ्ग गरिएको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राख्दै गरेको भिडियो सार्वजनिक शनिवार रौतहट शाखाले सार्वजनिक गरेकोबाट छलंग भएको छ प्रहरीको कार्य । प्रहरी नियन्त्रणमा रहेका मोजिबुल्लाह सहित उनका साथीलाई अविलम्ब रिहा गरेर दोषि प्रहरी तथा अन्य व्यक्तिलाई कारवाही गर्न महासंघ केन्द्रीय कार्यालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फुटेज सार्वजनिक भएको ३६ घण्टा वितिसक्दा पनि प्रहरी धारणा सार्वजनिक भएन
तर रौतहट शाखाले सिसिटिभी फुटेज सार्वजनिक गरेको ३६ घण्टा वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय रौतहटको आधिकारीक धारणा सार्वजनिक नहुनु तथा घटनालाई ढाकछोप गर्न अनुसन्धान अधिकारी रहेको शाखा अध्यक्ष प्रेमचन्द्र झाले आशंका व्यक्त गरे । अध्यक्ष झाको अनुसार अविलम्ब प्रहरी प्रधान कार्यालय काठमाडौले अनुसन्धान अधिकारी रहेका डिएसपी चिमरियालाई हटाएर अर्को अनुसन्धान अधिकारी नियुक्त गर्नुका साथै प्रधान कार्यालयबाट निष्पक्ष रुपमा छानविन समिति गठन गरी दोषिलाई हदै सम्मको कानुनी कारवाही गरिनुपर्ने एक मात्र रौतहट शाखाको अडान अन्यथा महासंघ चरणबद्ध रुपमा संघर्षमा उत्रिने चेतावनी दिए ।