निर्दोष पत्रकार मोजिबुल्लाह रिहा, २ प्रहरी निलम्बीत, शंकाको घेरामा एसपी

1419 Shares

तराई टप संवाददाता
रौतहट, ७ भदौं । पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागु औषध राख्न लगाउने दुई प्रहरीलाई निलम्बन गरेर निर्दोष पत्रकारलाई सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकारको रोहवरमा उनको परिवारजनलाई जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सोमवार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित पत्रकार सम्मेलनमा निर्दोष पत्रकारलाई लागु औषध सहित पक्राउ गरिएको स्वीकार्दै उक्त कार्यमा नेपाल पत्रकार महासंघ रौतहटको सह सचिव संजय सहनीको योजनामा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहको संलग्नतामा राख्न लगाएको पुष्टि भएपछि दुवै प्रहरीलाई निलम्बन गरेर आवश्यक प्रक्रिया पुरा गरेर पत्रकार मोजिबल्लाह र उनका सहयोगीलाई पत्रकार सम्मेलनमै रिहा गरिएको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी शाहले नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । उनको दाबीअनुसार त्यसपछि सहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।
अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताए । उनका अनुसार अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको स्पष्ट पारे ।
रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । नेपाल पत्रकार महासंघ रौतहटले गत शनिवार सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको जानकारी गराए ।
तर पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिवबहादुर पुरीले प्रहरीको अनुसन्धान माथि विश्वास गर्ने कुनै आधार नभएको टिप्पणी गर्दै एक पत्रकारलाई निर्दोष सावित गरिदै गरेको अवस्थामा अर्को पत्रकारलाई फसाउने षड्यन्त्रमा हामी कदापी विश्वास नगर्ने बताए ।
विश्वास गर्ने आधार नेपाल प्रहरीले देखाउनु पर्ने अन्यथा हामी चरणबद्ध रुपमा आन्दोलनमा होमिने चेतावनी दिए । दोषि देखिएको प्रहरीद्धयलाई निलम्बन त गरियो तिनलाई हिरासतमा राखेर खै म्याद थप गरेको यसबाट प्रहरीका उच्च पदस्थ पदाधिकारीहरुको संलग्नता रहेको गन्ध आएको आरोप लगाए ।
यसैविच रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाह र पत्रकार संजय सहनी विच भएको सम्बादको अडियो रेकर्ड सार्वजनिक भएको छ । त्यसमा एसपी शाहले सहनीलाई मिसन पुरा भयो, असईले जानकारी दिएको भन्दै हस्दै गरेको अडियोबाट राजनितिक ग्राण्ड डिजाइनमा सवै खेल भईरहेको हुँदा उक्त अडियो रेकर्डको आधिकारिक्ता पुष्टि भएपछि थप रहस्य खुल्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार