पर्सा, १७ माघ । नेपाल भारत बीचको सम्बन्ध विगतमा भन्दा झन सुधार भई बलियो हुदै गएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताए ।
पर्साको वीरगञ्ज उद्योग वाणिज्य संघद्धारा आयोजित उद्योगी व्यवसायीहरु संगको भेटघाट एवं छलफल कार्यक्रममा राजदूत श्रीवास्तवले उक्त कुरा बताएको हो । भारत र नेपालबीचको आर्थिक, सामजिक, धार्मिक, साँस्कृतिक लगायत द्विपक्षीय हकहितका विषयहरुलाई सुदृढ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
नेपाल भारतबीच आइपर्ने सबै समसामयिक समस्याहरु तदारुक्ताका साथ समाधान गर्ने काम भइरहेको उनले जानकारी दिए । उनले नेपाल भारतबीचको सम्बन्धलाई अझ दरिलो बनाउन सबैखाले सकारात्मक सुझावलाई आत्मसात गरिने बताए । नेपाल भारतबीचको कनेक्टि भिटिहरु बढेका छन, नेपालले गर्नु पर्ने र गर्न सक्ने धेरै कुरा छन, जुन नितान्त नेपालको हितमा रहेको बताए ।
भारतले नेपालसंग खरिद गरेको बिजुली को चर्चा गर्दै राजदूत श्रीवास्तवले ‘पहाडी क्षेत्रमा ट्रान्स्मीसन लाइन बिस्तार गर्न सकिएको छैन, जुन भारतमा बिजुली खरिदको लक्ष्य पूरामा बाधक बन्न सक्छ, जसले गर्दा नेपाललाइ दैनिक १० करोड सम्म नोक्सान हुन सक्ने बताए ।’
जनकपुरधाम– कुर्था रेल्वे पनि दक्ष जनशक्तिको कमीले क्षमता अनुसार चल्न नसकेको बताउदै उनले भारत जनशक्ति उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोट सञ्चालन गर्न आग्रह गर्दै यसतर्फ भारत सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भारतीय पाँच सयको नोटको नेपालमा लगाइएको प्रतिबन्धले भारतीय पर्यटकहरुलाई ठूलो समस्या भइरहेको गुनासो व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन