तराई टप डेष्क
रौतहट, ८ भदौं । निर्दोष पत्रकार मोजिबुल्लाहलाई लागु औषध राखेर फसाउने कार्यमा नेपाल प्रहरीको संलग्नता पाइएपछि सत्यता पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरिक्षक कृष्ण महतको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले लागु औषधमा फसाउन बुनिएको षड्यन्त्रको शिकार बनेका पत्रकार मोजिबुल्लाह फसेपछि उक्त कार्यमा संलग्न प्रहरी सहित अन्य बाहिरी व्यक्तिहरु सम्बन्धमा छानविन गर्नका निमित्त वरिष्ठ प्रहरी उपरिक्षक महत, कानुनी शाखाको डिएसपी ज्ञानेन्द्र बस्नेत सहित ४ जनाको समितिले छानविन गरेर प्रहरी महानिरीक्षक समक्ष प्रतिवेदन पेश गर्ने बताइएको हो ।
पत्रकार मोजिबुल्लालाई कसरी फसाइयो
गत साउन ३२ गते रौतहट एक्सप्रेस अनलाईन पोर्टलका संचालक मोहम्मद मोजिबुल्ला र उनका सहकर्मी राजपुर नपा ७ का शेख गुलाव भन्ने शेख अतिउल्लाह गौर नपा १ स्थित ग्रिन सिग्नल होटलबाट खाजा खाएर विआर ३० एस १८८७ नम्वरको भारतीय मोटरसाइकल चढेर जान लाग्दा सादा पोशाकमा रहेका प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले चेकजाँचको बहानामा लागु औषध सहित नियन्त्रणमा लिएका थिए ।
मोजिबुल्लाहलाई फसाएपछि पत्रकार माथि उठेको प्रश्न चिन्ह र अनुसन्धान
पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागु औषध नाइट्रोभेट कहाबाट आयो र कसले राख्यो भने नाटकिय घटनाबाट सिंगो रौतहट जिल्लाको पत्रकार माथि प्रश्न चिन्ह खडा भयो ? जता गयो पत्रकारहरु लागु औषधको कारोवारी हो भन्न थालियो ? अवस्था लाजमर्दो हुन थालेपछि नेपाल पत्रकार महासंघ रौतहटका जिम्मेवार पदाधिकारीहरु गहन छानविन गर्न सुरु गरे । छानविनकै क्रममा ग्रिन सिग्नल होटल तल सिसिटिभी क्यामरा फेला परेपछि ३२ गते साँझ ६ बजे देखि ८ बजे सम्मको फुटेज फेला पार्दा घटनामा सादा पोशाकको प्रसनी यादव, प्रहरी जवान साह र २ जना स्थानीय बासिन्दालाई फेला पारेको महासंघको सचिव मदन ठाकुरले बताए ।
दुई दिन सम्म गम्भीर रुपमा सिसिटिभी फुटेजको अध्ययन एवं मानिसहरु पहिचान गरे पश्चात गत शनिवार महासंघले उक्त फुटेज सार्वजनिक गरेपछि लागु औषधमा प्रहरीकै संलग्ता रहेको प्रमाणित भए ।
सिसिटिभी फुटेज सार्वजनिक भएपछि साख बचाउन प्रहरीको सक्रियता
नेपाल प्रहरीको साख र प्रतिष्ठा माथि प्रश्न चिन्ह खडा हुन थाल्दा माधवनारायण नपा १ का २४ बर्षिय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका १ बहुअवाका २३ बर्षिय जितेश यादवलाई नियन्त्रणमा लिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हामी सबै महासंघको सह सचिव एवं आजतक नेपाल अनलाईन पोर्टलका संचालक संजय सहनीको योजनामा राखेको तथा उक्त कार्यमा प्रहरीले सघाएको वयान दिए । दुवै जनाको वयानको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम शाहले सोमवार पत्रकार सम्मेलन गरेर पत्रकारलाई फसाउनमा पत्रकारकै संलग्ता रहेको पुष्टि गर्दै निर्दोष पत्रकार मोजिबुल्लाह र अतिउल्लाहलाई रिहा गरे ।
पत्रकार संजय सहनीको नाम आएपछि अडियो क्लिप बाहिरीयो
एसपी शाहको पत्रकार सम्मेलन लगतै सह सचिव एवं पत्रकार फसाउने योजनाकार संजय सहनीले एसपी सिद्धिविक्रम विच भएको अडियो क्लिीप संवादलाई सार्वजनिक गर्दा घटनामा थप मोड आयो ।
एसपी शाह र पत्रकार सहनी संग भएको फोन वार्तालाप तपाई एकलै हो, जवाफ हो, हिजोको काम पुरा भयो नि, पत्रकार सहनी किन न होस, तपाईको दुतहरु राम्रो छ, पत्रकारले सोध्यो कसले भन्यो तपाईलाई एसपी शाह तत्काले असईले भन्यो काम भयो, पुन ः एसपी शाह यहाँ त यस्तै हो एक जना फस्यो भने उसले फसायो भन्दै जोडले हासेको क्लिीप सार्वजनिक भएपछि एसपी शाह माथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । तर उक्त अडियो क्लिप कहिलेको हो ? त्यसको आधिकारिता प्रमाण नआए सम्म त्यही घटनाको हो कि होइन बारे पुष्टि गर्न गाह्रो छ ।
अडियो क्लिप बाहिरिएपछि छानविन समिति
एसपीकै निर्देशनमा पत्रकारलाई फसाउने खेल भएको जिल्लाभरी नै चर्चाको विषय बनेको छ । अडियो क्लिपको विषयलाई लिएर आज प्रहरी प्रधान कार्यालयले छानविन गठन गरेर प्रहरी माथि लागेको दागलाई धुलाउने कोशिष गरिएको बुझिन सकिन्छ । नेपाल पत्रकार महासंघका अध्यक्ष ढिलै भएपनि छानविन समिति गठन भएको छ उक्त कार्यमा संलग्न जो कोहि भएपनि कारवाहीको डायरामा ल्याउयन सम्बन्धित निकाय संग जोडदार रुपमा माग उठाए ।