तराई तप डेष्क
रौतहट, ९ भदौं । मोटरसाइकलमा लागु औषध राखेर पत्रकार मोजिबुल्लाहलाई फसाउने कार्यमा रौतहट प्रहरी प्रमुखको अडियो रेकर्ड बाहिरीएपछि एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएर हेडक्वाटरमा तानिएको छ ।
रौतहट एक्सप्रेस अनलाईन पोर्टलका संचालक मोहम्मद मोजिबुल्लाहलाई षड्यन्त्र बुनेर लागुऔषध नाइट्रोभेट राखेर फसाएको सिसिटिभी फुटेजबाट रहस्य खुलेको तथा फसाउने कार्यमा एसपी शाहको संलग्ता रहेको अडियो रेकर्ड बाहिरिदा प्रहरी प्रधान कार्यालय काठमाडौंले शाहको जिम्मेवारीबाट हटाएर हेडक्वाटरमा तानी प्रहरी बरिष्ठ उपरिक्षक कृष्ण महतको अध्यक्षतामा चार सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको हो ।
अडियो रेकर्ड आएपछि रौतहट प्रहरीका एसपी शाहलाई जिम्मेवारी खोसेर छानविन समिति गठन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुवरले जानकारी दिए । छानविन समितिले आजैबाट कार्य थालनी गरेर चाँडै यथार्थ कुराहरु बुझि हेडक्वाटर काठमाडौंमा प्रतिवेन बुझाउने बताउदै नेपाल प्रहरी सुनियोजित ढंगबाट कसैलाई फसाउने नभई कुनै व्यक्तिको कारण यस्तो आरोप लागिरहदा हामी दुधको दुध र पानीको पानी निकालेर देखाउने प्रतिवद्धता जनाए ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुर श्रोतका अनुसार प्रधान कार्यालयबाट छानविन गर्न गठन भएको समितिले आजैबाट कार्यको थालनी गर्ने भएको हुँदा अनुसन्धानमा बाधा उत्पन्न हुने भएको हुँदा एसपी शाहको जिम्मेवारी खोसी हेडक्वाटर काठमाडौं तानिएको बताइएको छ ।
गत साउन ३२ गते गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रकार मोहम्मद मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । मोजिबुल्ला पक्राउ परेपछि प्रहरी विरुद्ध समाचार लेख्ने अन्य पत्रकारहरुलाई पक्राउ गर्ने सोच बनाइएको रहस्य महासंघले थाहा पाएपछि उक्त घटनाको सत्य तथ्य पत्ता लगाउने क्रममा सिसिटिभी फुटेज हात परेको र उक्त कार्यमा प्रहरीको संलग्नता देखियो ।
१०५ पिस लागुऔषध नाइट्राभेट राख्ने भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज साहलाई निलम्बन गरिसकेको छ । यी दुई जनाले स्थानीय धिरज यादवर र जितेश यादवलाई पक्राउ गरी कानुनी प्रक्रियामा रहेको बताइएको छ ।
मोजिबुल्लाहलाई फसाउन नेपाल पत्रकार महासंघको सह सचिव संजय सहनी र एसपी शाह विच सेटिंग भएर मोजिबुल्लाहलाई फसाइएको अडियो रेकर्ड बाहिर आएको छ । एसपी शाहले पत्रकार फसाउनमा संजय सहनीको नाम मुख्य योजनाकारमा राखेपछि सहनीले एसपीको संलग्नता रहेको अडियो सार्वजनिक गरिदिए ।