बाबा बैजुनाथ सुगर मिलमा पत्रकार तिवारी माथि साँघातिक आक्रमण, उपचारको लागि विरगंज रेफर

79 Shares
रौतहट, २३ माघ । बाबा बैजुनाथ सुगर एण्ड इण्डष्टिजमा रिपोटिंग गर्न गएका पत्रकार कृष्णा तिवारी सहित दुई जना माथि भएको साँघातिक आक्रमणको तराई टप अनलाईले गम्भीर रुपमा आपत्ति प्रकट गर्दै उक्त कार्यको घोर भत्र्सना गर्दछ ।
नेपाल पत्रकार महासंघ रौतहटको सदस्य एवं पत्रकार कृष्णा तिवारी र उहाँ संगै रहनु भएको उनका सहयोगी पत्रकार धिरज यादव रिपोटिंगको शिलशिलामा बाबा बैजुनाथ सुगर एण्ड इण्डष्टिजमा जाँदा व्यवस्थापन पक्षद्धारा दुबै जना माथि साँघातिक आक्रमण गर्नुका साथै क्यामरा, प्रेस सामाग्री सहितको सामानहरु घोसेर मर्णासन्न हुने गरी कुटपिट गरेका छन् ।
घाइते तिवारी र यादवको गरुडा स्थित हेल्थल्याण्ड हस्पीटलमा उपचार भएको र थप उपचारको लागि विरगञ्ज तर्फ पठाइएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले तराई टपलाई जानकारी दिए ।
पत्रकारद्वय तिवारी र यादव माथि आक्रमण गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा आफूले नै कुटेको स्वीकार समेत गरेको हुँदा निजलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासत कक्षमा राखिएको रौतहट प्रहरीका एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
बाबा बैजुनाथ सुगर मिल्समा किसान र उखु जोख्ने काटा मनेजमेन्टको विच भईरहेको विवादको समयको फोटो भिडियो बनाउन खोज्दा पत्रकारद्वय माथि आक्रमण भएको बुझिएको छ । पत्रकार तिवारीको क्यामरा, मोवाइल, लगायतका सामानहरु खोसेर कुटपिट गरिएको मा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले गम्भीर आपत्ती प्रकट गर्दै दोषिलाई अबिलम्ब विनाशर्त नियन्त्रणमा लिई आवश्यक कारवाही गरेर पीडितको शिघ्र उपचार गराउन सम्बध निकाय संग जोडदार माग गरे ।
पत्रकार माथिको आक्रमण स्वतन्त्र प्रेस माथिको अक्रमण भएको हुँदा महासंघले ठहर गर्दै दोषिलाई मिल संचालक सहित वास्तविक दोषि उपर यथाशिघ्र कारवाही गरी पीडित पत्रकार तिवारी र यादवलाई दिलाउन स्थानीय प्रहरी प्रशासन सहित सम्बध निकाय संग जोडदार रुपमा माग सचिव ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र सचिव मदन ठाकुर घाइते पत्रकार तिवारी र यादवको स्वास्थ्य अवस्था बुझेर दोषिलाई कारवाही गर्न आवाज उठाए ।
यस्तै समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगम, नेपाल प्रेस युनियन लगातयका विभिन्न संघसंगठनहरुले विज्ञप्ती निकालेर उक्त घटनाको घोर भर्सना गर्दै दोषिलाई कारवाहीको माग गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार