लागु औषधमा पत्रकारलाई फसाएपछि नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली गौरमा

   १० भाद्र २०७८, बिहीबार १८:५०  

तराई टप संवाददाता
रौतहट, १० भदौं । प्रहरीले लागु औषध राख्न लगाएर पत्रकारलाई फसाएको घटनालाई लिएर नेपाल पत्रकार महासंघको केन्द्रीय मसिन टोली र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीको विहिवार रौतहट सदरमुकाम गौर आएर अवस्था वारे जानकारी लिएका छन् ।
रौतहट एक्सप्रेश अनलाईन पोर्टलका संचालक मोहम्मद मोजिबुल्लाह र उनका सहयोगी गुलाव भन्ने शेख अतिउल्लाहलाई साउन ३२ गते गौर नपा १ स्थित ग्रिन सिग्नल होटल तल पार्किंग गरिएका मोटरसाइकलमा नेपाल प्रहरीका प्रहरी सहायक निरीषक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहको निर्देशनमा २ जना स्थानीयले लागु औषध नाइट्रोभेटको १०५ थान राख्न लगाएर समातेको घटना सिसिटिभी फुटेजबाट प्रमाणित भएपछि रक्षक नै भक्षक भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रहरी विरुद्ध चर्को प्रतिवाद गरेका थिए ।
सिसिटिभी फुटेज र पत्रकार मोजिबुल्लाहलाई फसाउने कार्यमा संलग्न नेपाल पत्रकार महासंघका सह सचिव संजय सहनी र प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह विच भएको संवादको अडियो रेकर्ड बाहिरीदा एसपीकै निर्देशनमा मोजिबुल्लाहलाई फसाएको महासंघ रौतहट शाखाको ठहर छ ।
उक्त विषयलाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा मिसन टोली आज रौतहट आएर विस्तृत अध्ययन तथा अनुगमन सुरु गरे । उपाध्यक्ष संगै महासचिव रोशन पुरी, सचिव दिपेन्द्र चौहान, केन्द्रय सदस्यहरु शिवबहादुर पुरी, इकवाल अहमद, अमर खड्का र भिषण राई सहितको टोलीले नेपाल पत्रकार महासंघ रौतहट शाखामा पिडित पत्रकार मोजिबुल्लाह संग भएको घटना सम्बन्धमा जानकारी लिनुको साथै यहाँका पत्रकारहरुले भोग्दै आएको समस्या वारे गम्भीर रुपमा चासो लिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयमा गएर समेत कुराहरु बुझ्न काम भएको नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुरले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को अनुसन्धान अधिकृतद्धारा अनुगमन

पत्रकारलाई लागु औषध राखेर प्रहरीले नै फसाएको कार्य प्रति राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख अनुसन्धान अधिकृत विरबहादुर राईको नेतृत्वमा आएको टोलीले पिडित मोजिवुल्लाह, महासंघको अध्यक्ष प्रेमचन्द्र झा सहितका पदाधिकारी एवं क्रियाशिल पत्रकाहरु संग भेटघाट गरी जानकारीहरु लिए पछि जिल्लाको प्रशासनीक एवं सुरक्षा निकायको प्रमुखहरु संग भेटघाट गरी घटनाको वास्तविकता पत्ता लगाउन कार्य सुरु गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै