रौतहट, २४ माघ । आम जनता पार्टी (आजपा) का प्रभु साहले जसको जति पहुँच रहेको छ त्यसले त्यतीनै भ्रष्टाचार गरिरहेको बताएका छन् ।
आजपा अध्यक्ष एवं रौतहट ३ का संघिय साँसद बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ, आर्थिक अवस्था भयावह अवस्थामा रहेको छ, देश आर्थिक असफलताको तगारोमा उभिएको बताएका हुन् ।
मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको छ । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने । सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्ने जिकिर गरे ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए । ‘म सोध्न चाहन्छु– ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए ? अहिले कति विदेश गए ? अहिले कति युवाहरु विदेशमा काम गरिरहेका छन् ? कति युवाले कति कमाउँछन र तिनबाट कति पैसा आउनुपर्ने हो ? जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले प्रश्न गरे ।
जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उनको कथन छ । ‘ठूलो ओहोदाहरुमा बसेकाहरुले नै आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने ? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उनले सोधे ।
बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौंमा पुग्छ । यो कसरी हुन्छ ?’ उनले गम्भीर प्रश्न संघिय सदनमा उठाए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट