रौतहट, २५ माघ । “राति एउटा अनलाइन हेर्दा केपी ओली संग बोलचाल बन्द, अनि माधव नेपाल संग बोलचाल नहुँदा के विग्रिन्छ हाम्रो, एमाले अध्यक्ष ओलीले माधव नेपाल प्रति कटाक्ष गर्दै माधवलाई सुझाव छ, तिमी रौतहटको जनता संग बोलचाल बन्द गर” ।
माधव नेपालको वारेमा धेरै टिप्पणी गर्दिन उनले भने । “विदेशी, प्रतिक्रियाबादी शक्तिको, पार्टी विरोधी, जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरुको मतियार भई तिनका सहयोगी भएर पछि पछि हिडिरहेको छ माधव नेपाल” ओलीले यसरी सम्बोधन गरे ।
एमाले अध्यक्ष ओली यहाँ सम्म भने की, “गठबन्धन भत्किन दिन्न । गठबन्धन भत्काउदिन । गठबन्धन भत्किने गरी काम गर्दिन । घरमा आगो लगाउदिन यो मेरो घर हो । नेकपा एमालेले १५ बर्ष सम्म प्रमुख पदमा बसाले । उपप्रधानमन्त्री देखि लिएर प्रधानमन्त्री बनायो । पार्टीले सबै थोक दिए । आफैले बनाएका विशाल घरबाट दुई तिहाईको स्थितिमा पुर्यायो । दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने । ६ प्रदेशको सरकारलाई ढालेर काँग्रेसको पाउमा लगेर सरकार बुझाउने कामको अगुवाई गर्ने मान्छे माधव नेपाल भन्छन् गठबन्धन मेरो घर हो भन्दा सुहाउँछ” ओलीले यसरी आक्रोश व्यक्त गरे ।
“गठबन्धन घर हो आगो लगाउदीन, म भन्न चाहन्छु गठबन्धन पनि घर हुन्छ र ? जब अहिलेको गठबन्धनबाट लात हानेर हटाएपछि थाहा पाउछकी गठबन्धन कहिल्यै घर हुँदैन । अहिले पनि उनको पार्टी राष्ट्रिय पार्टी छैन, स्वतन्त्रको हैसियतमा छन्, आउदो समयमा कुनैपनि हालतमा नजित्ने ठोकुवा गर्दै एमाले अध्यक्ष ओलीले अर्को पल्ट माधव नेपाल जति पैसा खर्च गरेपनि जित्दैनन, जित्न दिनु पनि हुँदैनन यस्ता मान्छेबाट रौतहटबासी सचेत रहने उनले आग्रह गरे ।”
नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्रलाई गरुडा स्थित श्रीराम सुगर मिल्सको मैदानमा विहिवार आयोजित सभालाई सम्बोधन गर्दै देशमा अहिले जनताको सरकार छैन ? जनताको सरकार बनाउनका निमित्त एमालेको बहुमतको सरकार बनेमा मुलुकमा समृद्धि, सुशासन एवं विकासमय हुने बताए । पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले गठबन्धनको सरकार होइन् मिशन ८४ लाई मध्य नजर राख्दै पार्टीको आन्तरिक एकतालाई कायम राखेर संगठन विस्तार, सदस्यता वितरण गरी संगठनलाई बलियो बनाउने अभियानमा एमालेका नेता एवं कार्यकर्ताहरु लागेमा एमालेको बहुमतको सरकार बनेमा मात्रै जनताको सरकार बन्ने छ उनले भने ।
एमाले नेतृत्वमा बहुमतको सरकार बनेमा मात्रै मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारीलाई कानुनी कारवाही गरिने, विकासको लहर आउने, सुशासनको अवधारण कायम हुने, मुलुक समृद्ध भई जनताहरु सुखी बन्ने भएको हुँदा मिशन ८४ लाई मध्य नजर राख्दै आपसी मतभेदलाई बिर्षेर जनताको काममा नेता कार्यकर्ताहरु लाग्नुपर्ने जिकिर गरे ।
एमाले सरकारमा हुँदा थालिएका विकास निर्माणका आयोजनाहरुलाई ठप्प पारेको अहिलेको गठबन्धनको सरकारले कुनै नयाँ कार्य नगरेकोमा दुख व्यक्त गर्दै अध्यक्ष ओलीले अरुलाई रिझाउने होइन् नेपाललाई आवश्यक पर्ने सबै योजनाहरु संचालनमा ल्यानुपर्दछ तर लुम्बनी र पोखरामा बनेका विमानस्थलहरु राम्ररी संचालनमा ल्याउन नसक्ने गठबन्धनको सरकारबाट जनताले के अपेक्षा राख्न सक्दछ उनले टिप्पणी गरे ।
अध्यक्ष ओलीले यसै जिल्लाका अर्को नगरपालिकामा सिमित भएका व्यक्ति प्रभु साह पार्टी संग ठूलो अन्तरघात गरेर एमालेका कंयौं होनहार उम्मेदारको टिकट गोजीमा राखेर विस्थापन गराए तर जनताहरु तिनका चरित्र बुझिरहेको हुँदा आउदो समयमा यस्ता कुतत्वहरुलाई रौतहट बासीले सबक सिकाउने बताए । माधव नेपाल र प्रभु साह संग गएका हाम्रा नेता एवं कार्यकर्ताहरुलाई एमालेमा फर्किन उनले आह्वान गरे ।
रौतहटको मध्य भागमा अवस्थित श्रीराम सुगर मिल्स संचालनको लागि आफू प्रधानमन्त्री संग कुरा गरेर यहाँ बन्द रहेका उद्योग कलकारखानाहरुलाई संचालनमा ल्याई सयौं वेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्थापन गराउने स्पष्ट पार्दै अध्यक्ष ओलीले आफनो नेतृत्वको सरकारको समयमा बैदेशिक रोजगारीमा जानेहरुको संख्यालाई घटाएको तर अहिलेको सरकारबाट जनताहरुमा निराशा छाएको बताए ।
एमाले रौतहटको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्रलाई एमाले पोलिटब्यूरो सदस्य कोशी प्रदेश प्रमुख रघुविर महासेठ, एमालेका सचिव योगेश भटराई, पोलिट ब्यूरो सदस्य ज्याला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, पूर्व साँसद रेखा झा उद्धव रेग्मी लगायतका वक्ताहरुले जिल्ला अधिवेशनको शुभकामना दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले ५१ किलोको सयपत्रीको माला लगाएर स्वागत गरेको थियो ।
समाजवादी प्रेस संगठन नेपाल, प्रेस मञ्चमा आबद्ध संचारकर्मीहरु र केही युवकहरु उक्त संघसंगठनहरु परित्याग गरेर केपी शर्मा ओलीबाट माला लगाई एमालेमा प्रवेश गरेको बताइएको छ ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट