सात महिना देखि तलवभत्ता पाउन नसकेको हरिपूर्वा नपामा कार्यकरत कर्मचारीहरु कार्यालयमा ताला लगाएर घर बस्ने चेतावनी

57 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २७ माघ । हरिपूर्वा नगरपालिकाको नगर सभा हुन नसकेर महिनौं देखि तलवभत्ता खानबाट बंचित रहनु परेका उक्त नगरपालिकाको कर्मचारीहरु भोली आईतवार देखि कामकाज बन्द गरेर घरमा बस्ने चेतावनी दिएका छन् ।
हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा समयमै नगरसभा हुन नसकेको अवस्थामा विगत सात महिना देखि कार्यरत कर्मचारीहरु तलव विहिन भएकोमा आक्रोशित बन्दै नगरप्रमुख विनोद कुमार साह तेली र सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाएर घरमा बस्ने चेतावनी दिएका हुन् ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा आइतबारदेखि अनिश्चितकालिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयबाट प्रवाह हुने सबै सेवाहरु बन्द गर्नें चेतावनी दिदै ज्ञापन पत्र बुझाएको बताइएको छ ।
कार्यालयमा काम गरेर पनि उधारोमा व्यवहार कति दिन सम्म चलाउने हो पीडित कर्मचारीहरुको व्यथा कस्ले बुझ्ला, अवस्था अति नै खराब हुन थाल्दा विवश भई कठोर कदम उठाउन बाध्यात्मक परिस्थिति उत्पन्न भएको छ ।
चरम राजनीतिक लुछाचुडीमा फसेका हरिपूर्वा नगरपालिकाले गएको असार १० गते भित्र गर्नुपर्ने नगरसभा अझै हुन पाएको छैनन् । नगरसभा नहुँदा नीति तथा कार्यक्रम र बजेट पारित भएर कर्मचारीहरु तलवभत्ता खानबाट बंचित रहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा नगरसभा अन्यौलमा परेपछि यसप्रकारको परिस्थिति उत्पन्न भएको कर्मचारीहरुले गुनासो गरे ।
उपसचिव शभ्भुप्रसाद यादव हरिपूर्वा नगरपालिकामा तीन पटक प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएपनि उनको तीन पटकको अत्यन्त छोटो अवधिमै सरुवा भएको कारण यसप्रकारको अवस्था सृजना भएको छ । गएको पुस ११ गते तेश्रो पटक सरुवा भएर आएपछि नगरसभाको तयारीमा जुटेका प्रमुख प्रशासकीय अधिकृत यादवको २२ दिनमै माघ ३ गते अन्यत्र सरुवा भएको थियो ।
यादवको यसअधि पहिलो पटक एक घण्टामै र दोस्रो पटक २४ घण्टा बिल्न नपाउँदे सरुवा भएको थियो । सात महिनासम्म कुर्दा समेत तलब पाउने अवस्था नदेखेपछि कर्मचारीले बाध्य भई कार्यालय बन्द गरी घरमै बस्ने निर्णय गर्दै नगरप्रमुख सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको कार्यरत कर्मचारीले बताए ।
नगर कार्यपालिकाले नगरसभा नगर्दा र मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाऊँदा आफूहरुमाथि मानसिक पीडा र आर्थिक संकट परेको कर्मचारीले गुनासो गरेका छन् । बजेट नचल्दा वडा, नगर, स्वास्थ्य संस्थालगायत सबै कार्यालयमा मसलन्द सहित अन्य आवश्यक सरसामग्री सक्किएर सेवा दिनै मुस्किल परेको कर्मचारीले गम्भीर आपत्ती जनाए ।
हरिपूर्वामा यसअधि शिक्षकहरु तलब माग गर्द दुई सातासम्म विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा आइ धर्नामा बसेका थिए । नगरप्रमुखले तत्काल समस्या समाधान गरी रोकिएको तलब, भत्ता निकासा गर्ने आश्वासन दिनुको तर अहिलेसम्म नगरसभा हुन नसकेकोमा शिक्षक, कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता निकासा बारेको अन्यौल्ता समाप्त भएको छैनन् ।
हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले आफूले बल्लतल्ल सरुवा गरेर ल्याएको प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएर आफूलाई बदनाम गराउने षड्यन्त्र भइरहेको गुनासो गरे । उनले सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं हालका खानेपानी मन्त्री महिन्द्रराय यादवको इसारामा हरिपूर्वा नगरपालिकालाई बन्धक बनाउने काम भइरहेको गम्भीर आरोप लगाए । “म हप्तौंहप्ता मन्त्रालयमा धाएर ’हाकिम’ लिएर आउँछु तर उहॉलाई टिक्नै दिडँदैन, नयाँ पनि पठाइंदैन,” । नगरपालिकालाई बन्धक बनाएर आफूलाई असफल गराउने खेलमा मन्त्री यादव लागेको नगरप्रमुख साहले आरोप लगाए ।
मन्त्री यादवकों घर पनि हरिपूर्वा नगरपालिकामै रहेको छ । हरिपूर्वामा नगर कार्यपालिका भिनत्रै पनि नगर प्रमुख र उपप्रमुख तथा वडाध्यक्षबीच विवाद चल्दै आएको छ ।
राजनीतिक स्वार्थका कारण नगर सभा नभएर बजेट पारित नहुँदा विकास निर्माणका काम ठप हुँदा हरिपूर्वाका नगरबासीहरु निराश बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।