सर्वोत्तम स्टीलमा भएको आगलागिको रहस्य बाहिरियो, राजेश अग्रवालको गोरख धन्धा कहिले सम्म ?

तराई टप संवाददाता
वीरगञ्ज, ११ भदौ । सर्वोत्तम स्टील लिमिटेडमा कवाडीको फलामहरु गलाउने क्रममा एलपिजी सिलिण्डर पडिएर दुर्घटना भएको तथ्य सार्वजनिक भएको छ ।
मुलुकको विभिन्न स्थानहरुबाट संकलन गरी ल्याइएको फलाम एवं कडावीहरु संकलन गरी गलाएर राम्रो छड उत्पादन गरी उपभोक्तालाई ठग्ने सर्वोत्तम स्टील उद्योगको हिजोको घटनाबाट पोल खेलेको हो ।
टेलिभिजन, पत्रिका, अनलाइन पोर्टलहरुमा “मरो देश मेरो जगदम्वा, राष्ट्र निर्माणमा समपिर्त, देशको मेरुदण्ड” आकर्षक विज्ञापनमा लाखौं खर्च गरिरहेको भएपनि उद्योग भित्र मजदुरहरुको सुरक्षामा कुनै प्रबन्धन नगरिएको हुँदा यस्ता उद्योगहरुबाट केही व्यक्तिलाई मात्रै फायदा रहेको अन्य सर्वसाधारणहरु अनाहकमा श्रमको मूल्य चुकाउनु परेको उपचार गराइरहेका पिडित मजदुरले दुखेसो पोखे ।
संकलन गरेर उद्योगमा भित्रयाइएका कवाडीलाई भठीमा गलाउने क्रममा एलपिजी ग्यास सिलिण्डर विस्फोट भएपछि ठूलो आगलागी भएका थिए । भठी पडक्र घाईते भएर बयोधा अस्पतालमा उपचार गराई रहेका मजदुरले त्यहाँ भएको बास्तविक्ता बाहिर आएपनि स्थानीय प्रशासनले ठोस कानुनी प्रक्रिया अगाडी नबढाएको आरोप पिडितले लगाए ।
टेलिभिजन, पत्रिका, अनलाइन पोर्टलहरुमा “मरो देश मेरो जगदम्वा, राष्ट्र निर्माणमा समपिर्त, देशको मेरुदण्ड” आकर्षक विज्ञापनमा लाखौं खर्च गरिरहेको भएपनि उद्योग भित्र मजदुरहरुको सुरक्षामा कुनै प्रबन्धन नगरिएको हुँदा यस्ता उद्योगहरुबाट केही व्यक्तिलाई मात्रै फायदा रहेको अन्य सर्वसाधारणहरु अनाहकमा श्रमको मूल्य चुकाउनु परेको उपचार गराइरहेका पिडित मजदुरले दुखेसो पोखे ।
कोरोना महामारीको समयमा राष्ट्र र जनतालाई ठग्ने गिरोहमा संलग्नतामा खोलिएको अर्को उद्योग सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टील लिमिटेडका संचालक राजेश अग्रवालले केपी ओली प्रधानमन्त्री रहेको वेला ओवर इंवायसिंग, फेक इंवायसिंग र मनी लण्ड्रिग जस्ता गैर कानुनी कार्य गरेर एक सय विस करोड घोटाला गरेका खवरहरु सार्वजनिक भएपनि तिनीहरुलाई कारवाहीको डायरामा ल्याइएन ।
फ्रेश ब्लेड गलाएर उत्कृष्ट स्तरको छड निर्माण गर्नु पर्नेमा त्यो नगरी पुराना काम नलाग्ने फलामका कबाड प्रयोग गरी छड निर्माण गरी उपभोक्तालाई ठग्ने राजेश अग्रवालले आफ्नो पावर प्रयोग गरेर पत्रकारहरूलाई घटनास्थलमा जान रोक्न लगाएका थिए तर सत्यतथ्य बाहिर आएको छ ।
स्थानीय प्रहरी प्रशासनको भूमिका यो घटनामा संतोषजनक नभएको पत्रकारहरूको गुनासो रहेको छ । भारत झारखंड चाईबासाबाट जीविकोपार्जनका लागि बीरगंज आएको कर छली गर्ने अग्रवाल ब्रोदर्सका अगाडी नेपाल सरकारका निकायहरु किन निरीह बनेको छ कतै सरकारी संयन्त्रको आडमा अग्रवालले गोरख धन्धा संचालन त गरेको होइन् ? जानमारी अग्रवाललाई कारवाही कहिले गर्ला स्थानीय प्रशासन जनता जन्न चाहन्छ, जवाफ चाहियो मौनता होइन । स्थानीय, संघिय कुनै कारवाही गर्न आँट गरेनन् तर मधेशी भन्ने प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत जि किन कारवाही गराउने तर्फ अवाज उठाउनु भएन कतै तपाईहरुको सहयोगमा यस्ता गोरख धन्धा जारी रहेको त होइन प्रश्न उठ्नु स्वभाविकै हो ।
तीन अरब सताईस करोडको लगानीमा बनेको सर्वोत्तम स्टील लिमिटेडमा ३३७ जना नेपालीलाई रोजगार दिने उद्योग बिभागमा प्रतिबद्धता जनाएको भएता पनि राजेश अग्रवालले ९५% भारतिय नागरिकहरूलाई रोजगार उपलब्ध गराएको पनि यो घटनाले पुष्टि गरेको छ । अग्रवाल नेपाल प्रति बफादार हो की भारत प्रति ।
तस्वीर ः अंकुश दैनिकबाट लिएको