इशनाथ नपाको औरैयामा फागुन ५ देखि मेयर कप २०८० टि–२० क्रिकेट सुरु हुँदै

75 Shares

औरैया (रौतहट), १ फागुन । इशनाथ नगरपालिकाको औरैयामा फागुन ५ गते देखि हुन गईरहेको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको अवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको आयोजन समितिले जनाएको छ ।
इशनाथ नगरपालिका औरैयामा मंगलवार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख कौशल्या देबी सिन्हाले खेलकुदको माध्यमबाट यस पालिका अन्तर्गतका ९ वटै वडाका युवा विद्यार्थीहरुलाई जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा खेल्ने राम्रो मौका पाउन भने उद्देश्यका साथ हुन गईरहेको मेयर कपलाई भव्य एवं सभ्य बनाउन उनले आग्रह गरिन् ।
इशनाथ नगरपालिकाको आर्थिक सहयोगमा रौतहट क्रिकेट संघद्वारा आयोजित हुने मेयर कप २०८० टि–२० क्रिकेट प्रतियोगितामा इशनाथ नगरपालिकाको ९ वटै वडाबाट एक÷एक क्रिकेट टिमको सहभागिता रहने र उक्त प्रतियोगिता ५ गते देखि सुरु भई १४ गते सम्म संचालन हुने इशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।
रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपालले नेपाल क्रिकेट संघको अवधारणा अनुसार आईसीसीको नियमनानुसार सम्पूर्ण खेलहरु संचालन हुने भएकोमा पूर्ण अनुशासीत भएर खेल खेल्नुपर्छ त्यो पनि पूर्ण रुपमा खेलभावनामा आधारित रहनुपर्ने जिकिर गरे । क्यानद्धारा पठाइएका अम्पायर, स्कोरर लगायतका इलिट प्यानलमा रौतहट क्रिकेट संघको केही लाग्दैन सवै अधिकार अम्पायर माथि नै रहने भएको हुँदा इशनाथ नगरपालिकामा यसपालिको मेयर कप राम्ररी ढंगबाट संचालन गराएर यसै महिनाको अन्त्य देखि सुरु हुन गईरहेको पालिका कपमा खेलाडी छनौट गर्ने राम्रो अवसर रहेको बताए ।
इशनाथ नगरपालिकाको नगरप्रमुख कोशल्या देवी सिन्हाको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका उपाध्यक्ष मनोज शर्मा, वडाध्यक्षहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुने छ । विजेतालाई ३१ हजार उपविजेतालाई १५ हजार नगद पुरस्कार र शिल्ड पाउने जानकारी दिदै रौतहट क्रिकेट संघका मिडिया संयोजक प्रविण टिब्डेवालले बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट किपर, बेष्ट फिल्डरलाई नगद २१ सय रुपैयाको पुरस्कार राशी राखिएको बताए ।
प्रतियोगिता अन्तर्गत १३ गतेको दिन इशनाथ नगरपालिकाको कर्मचारी र रौतहटको पत्रकारहरु विच मैत्रिपूर्ण खेल हुने समेत तालिका सार्वजनिक भएको र सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण रेड टेलिभिजनले गर्ने मिडिया संयोजक टिब्डेवालले जानकरी दिए ।

सोही कार्यक्रममा नगरप्रमुख कौशल्या देवीले ९ वटै वडाका टिमलाई क्रिकेट किट हस्तान्तरण गरेको इशनाथ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।