उर्दुमा पढेर पास भएका सात जना विधार्थी सम्मानित

56 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २ फागुन । सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुर गाउँमा उर्दुमा पढेर पास भएका सात जना विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै प्रमाण पत्र वितरण गरेर हौसला बढाइएका छन् ।
चक्रघट्टा गाउँपालिका वडा नम्वर ४ सुन्दरपुर स्थित मुस्लिम टोलमा रहेका इस्लामिया हिदायतुल मुस्लेमिन मदरसामा एक कार्यक्रमका बिच उर्दुमा पढेर पास भएका सात जना विद्यार्थीहरुलाई सम्मान गरी प्रमाण पत्र वितरण गरिएका हुन् ।
मदरसाको हाता भित्र मंगलवार सरकारे मदिना कन्फ्रेन्स कार्यक्रमको आयोजना गरेर उर्दुमा कक्षा १० (आलिमा फाजिला) पास गरेका २ तथा दश जोड दुई पास गरेका ५ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको मदरसाका प्रधानाध्यापक मोहम्मद मुफ्ती नजामुद्दिन ले जानकारी दिए । प्रमाणपत्र प्राप्त गर्नेमा ५ जना छात्र र २ जना छात्रा रहेकी छिन् ।
विगत ५ बर्षदेखि सरकारे मदिना कन्फ्रेन्स कार्यक्रम सन्चालन गरेर प्रमाणपत्र वितरण गर्दै आएको मदरसा व्यवस्थापन समितिका सचिव महोम्मद जमिल अहमदले बताए । जिल्लामा यस्ता कार्यक्रम सन्चालन गरेर प्रमाणपत्र वितरण गर्ने पहिलो मदरसा रहेको उनले दाबी गरे ।
मदरसा विकासका लागि तिनै तहका सरकार उदासिन रहेको स्थानीय मुस्लिम अगुवा अबुल हसन नुरीले गुनासो गरे । मदरसा विकासका लागि हामीले कुनै पनि किसिमको सुविधा पाएका छैनौं । नेपाल सरकारले सरकारी विद्यालयको पाठ्यक्रममा समेत उर्दु शिक्षा लागु गर्नुपर्ने माग उठाए ।
मधेस प्रदेशको सर्लाहीमा रौतहट पछि सबैभन्दा बढी मुस्लिमको जनसंख्या भएपनी जिल्लामा मदरसा बोर्ड नभएको गुनासो गरे ।
मदरसामा हाल ३१० छात्रा र २४३ छात्र गरी जम्मा ५५३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । मदरसामा उर्दु, अरबी, नेपाली र अङ्ग्रेजी विषय पढाई हुदै आएका छन । ८ जना पुरुष र २ जना महिला गरेर १० जना शिक्षकशिक्षिकाहरु रहेको तथा मदरसाको छात्रावासमा ७५ जना विद्यार्थीहरु बस्ने गरेको मदरसा प्रशासनले जनाए ।
निजि स्रोतबाट संचालित मदरसालाई नेपाल सरकारबाट बर्सेनि २ लाख ४१ हजार अनुदान प्राप्त हुदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।