सरस्वती माताको मुर्ती सेलाउन जाने क्रममा घर र मस्जिदबाट इटाढुंगाको बर्षात हुने थालेपछि तनाव उत्पन्न भएपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरेर उक्त क्षेत्रमा अनिश्चितकालिन कर्फयु जिल्ला प्रशासन कार्यालय रौतहटले लगाए ।
रौतहट, ५ फागुन । रौतहटको इशनाथ नगरपालिकाको घिउरा टोलमा सरस्वतीका् मुर्ती सेलाउन खोला तर्फ जानेक्रममा घरको छतबाट अर्को समुदायका युवाहरुद्धारा इटाढुंगा बर्षाउन थालेपछि झड्पको अवस्था सृजना भएपछि स्थानीय प्रशासन बाध्य भएर सो क्षेत्रमा कर्फयु आदेश जारी गरेका छन् ।
ईशनाथ नगरपालिका वडा नम्वर ७ घिउरा टोलमा सरस्वती माताको मुर्ती सेलाउन खोला तर्फ लैजाने क्रममा घर र मस्जिद माथिबाट ढुंगाइटा बर्षाउन थालेपछि शनिबार साँझ दुई पक्षबीच झडप अवस्था सृजना भएका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि अराजक अवस्था सृजना हुने महसुस गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सो क्षेत्रमा कर्फयु आदेश जारी गरेका हुन् ।
घर र मस्जिदबाट ढुंगा इटाको बर्षात हुन थालेपछि मुर्ती सेलाउन हिडिरहेका केही स्थानीय घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फयु आदेश जारी गरिएको बताए ।
“उत्पन्न परिस्थितिलाई साम्य बनाउन र दुई पक्षबिच छलफलको बाबजुद पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जाने स्थिति देखेर सो क्षेत्र भित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ रÞयाली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति शनिवार बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फयु आदेश जारी गरिएको” प्रमुख रेग्मीद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।
आदेश अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर सम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फयु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।