भारतले तेश्रो टेष्टमा इंगलैण्डलाई ४३४ रनले हराए

58 Shares

राजकोट (भारत), ६ फागुन । भारतले तेश्रो टेष्ट म्चायमा इंगलैण्डलाई डोमेनेट गर्दै फराकिलो अन्तरबाट जित निकाल्दै पाँच म्याचको सिरिजमा २–१ को अग्रता लिएका छन् ।
राजकोटमा भारतले टस जितेर पहिलो ब्याटिंग गर्दै ४४५ रन बनाएका थिए । रोहित शर्मा र रबिन्द्र जाडेजाको शत र डेब्यु गरेका विकेट किपर ध्रुव जुरेल र सरफराज खानको उत्कृष्ट ब्याटिंगको मद्दतबाट उक्त स्कोर बनाउन सफल भए । प्रतिउत्तरमा इंगलैण्डको ब्याट्सम्यानहरु ३१९ रनमा अलआउट भएका थिए । पहिलो पारीको खेलमा भारतले १२६ रनको बढत बनाएर दोश्रो पारीको खेलमा यशष्वी जयसबालको दोहोरो शतकको मद्दतबाट ४३० रन बनाएर कुल ५५६ रनमा पारीलाई डिकलियर गरी इंगलैण्डलाई आमन्त्रण गरेपनि कुनैपनि ब्यास्टम्यानहरु टिक्न नसकी १२२ रनमा अलआउट भई ४३४ रनबाट तेश्रो टेष्टमा हार इंगलैण्डले बेहोर्नुपरेका छन् ।
दोश्रो पारीमा रबीन्द्र जाडेजाले १२.४ ओभरमा ४१ रन दिई पाँच विकेट लिए भने कुलदिप यादवले ८ ओभरमा १८ रन दिई दुई विकेट हात पारे भने जसप्रित बुमराह र आर अस्विनले समान १–१ लिएर इंगलैण्डको खेलाडीलाई आउट गरी पाँच टेष्टको सिरिजमा दुई एक ले अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार