रौतहट, ७ फागुन । गत दुई दिन देखि बाटोमै अडिएका सरस्वतीको मुर्तीलाई सेलाउन प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षाअधिकारीहरु, राजनीतिककर्मीहरु, समाजसेवीहरु अहिले इशनाथ नगरपालिकामा पुगेका छन् ।
सोमवार जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको सर्वपक्षिय एवं सर्वदलिय बैठकमा दुई दिन देखि इशनाथ नगरपालिकाको वडा नम्वर ५ स्थित बाटोमै अडिएका सरस्वती माताको मुर्तीलाई सेलाएर विर्सजन गर्न सहमती भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित सुरक्षा अधिकारीहरु राजनीतिकर्मीहरु, नागरिक समाज र स्थानीय बुद्धिजीविहरुका साथै सो क्षेत्रका प्रदेश साँसद जायद राजा सहितका व्यक्तिहरु अहिले इशनाथ नगरपालिकामा पुगेका हुन् ।
सरस्वतीको मुर्ती सेलाएर अवस्थालाई सामान्य नहुँन्जेल सम्म कर्फयुमा कुनै ढिलाई नदिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले इशनाथको सम्बन्धित वडाहरुमा सामाजिक सदभाव कायम भएपछि मात्रै कर्फयु हटाउने उनले स्पष्ट पारिन् । डिएसपी गिरीले दुबै समुदायका मानिसहरु एक आपसमा शान्ति सदभाव कायम गरेर सामान्य जनजीवन विताउनुपर्ने अपिल गर्दै अशान्तिबाट कसैको भलो हुन नसक्ने भएकोमा सबै पक्षलाई शान्ति, सदभाव, भाईचारा र अमनचयन कायम गर्नुपर्ने सुझाव दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन