हिन्दुबादीहरुको प्रदर्शनका कारण वीरगञ्ज बजार तात्तिए, ठाँउठाँउमा झड्प

   ७ फाल्गुन २०८०, सोमबार १६:२८  

पर्सा, ७ फागुन । पर्सा सदरमुकाम वीरगञ्ज यतिखेर हिन्दुबादीहरुको प्रदर्शनले तात्तिएका छन् ।
सोमवार दिउसो देखि हिन्दुवादी संघसंस्थाहरुले वीरगञ्जमा प्रदर्शन गर्दै बजार बन्द गराउन खोज्दा प्रदर्शनकारी र प्रहरी बीच ठाँउ ठाँउमा झड्प हुँदा यतिखेर पर्सा सदरमुकाम वीरगञ्ज तात्तिएका हुन् ।
रौतहट र महोत्तरीमा हिन्दु समुदाय माथि भएको बर्बर दमन एवं झड्पको विरोधमा वीरगञ्जका हिन्दुवादी संघसंस्थाहरु तात्तिएरको बताइएका छन् । रौतहटको ईशनाथ नगरपालिका ७ घिउडा टोलमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगञ्जमा आज हिन्दुवादीहरूले प्रदर्शन संगसंगै बजार बन्द गराउदै हिडेपछि प्रहरी संग झड्प भएको छ ।
हिन्दुहरूले निकालेको विरोध जुलुसमा मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ । अहिले वीरगन्जको मुख्य बजारको अवस्था तनावपूर्ण नै बनेका छन् ।
चोक चोकमा हिन्दुवादी र मुस्लिमहरू छुट्टाछुट्टै भेला भएर बसेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । हिन्दुवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीर स्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेका थिए तर प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए ।
यस्तै हिन्दु समाजले रौतहट, महोत्तरी लगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यस घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै