अर्नाहा प्रहरी चौकीका प्रसनी यादवको सेटिंगमा निर्वाध तस्करी जारी

   ८ फाल्गुन २०८०, मंगलवार १६:४६  

अभिषेक सिंह
बलरा (सर्लाही), ८ फागुन । सर्लाहीको बलरा, अर्नाहा नाका भएर बालुवा गिट्टी भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेका छन् ।
बलराको उकास, अर्नाहा सहितका नाकाहरु भएर दैनिक रुपमा १५ देखि २० ट्रेक्टर बालुवा गिट्टीको तस्करी भईरहेको पाइएका हुन् । उक्त तस्करी कार्यलाई प्रहरी चौकी अर्नाहाका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादव र इप्रका बलराको सेटिंगमा निर्वाध रुपमा नेपालबाट भारत तर्फ बालुवा गिट्टीको तस्करी भईरहेको प्रमाण फेला परेको छ ।
त्यती मात्रै नभई प्रहरी चौकी अर्नाहाका प्रसनी यादवको साँठगाँठमा सिजुवा नाकाबाट दैनिक उपभोग्यका बस्तुहरु, स्पेयर पार्ट्स, कपडा, रागाँभैसीको तस्करीको माध्यमबाट नेपाल भित्रिदा दैनिक लाखौंको राजस्व चुहावट भईरहेको स्थानीयहरुले गम्भीर आरोप लगाएको हाम्रा बलरा संवाददाताले जनाएका छन् ।
अर्नाहाका प्रसनी यादवले साँझ ६ बजे देखि विहान ५ बजे सम्मको समयमा बालुवा गिट्टी, किराना सामानहरु, मदिरा, स्पेयर पार्ट्स, चीनी, खाद्यान्न सामग्री मालसामान निर्वाध रुपमा वारीपारी भईरहेको छ र उक्त कार्यमा संलग्न तस्कर एवं व्यापारीको नाम चाँडै अर्को अंकमा सार्वजनिक गरिने छ ।
उक्त कार्यमा मधुबनी बेसका सशस्त्र प्रहरी निरीक्षकको समेत संलग्नतामा तस्करी कार्य फस्टाउदै गएको सर्वसाधारणहरुले बताए ।

अर्नाहा प्रहरी चौकीको इन्चार्जको मिलोमतोमा रातिको समयमा भईरहेको तस्करीको गोरखधन्धा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै