आरडिसीद्धारा ब्रेन ट्युमरबाट पिडित पत्रकार पटेललाई एक लाख सहयोग

495 Shares

तराई टप संवाददाता
रौतहट, १५ भदौं । पत्रकार रामपुकार राउत ब्रेन ट्युमर रोगबाट पिडित रहेको हुँदा उनका उपचारको लागि ग्रामिण विकास केन्द्र (आरडिसी) ले एक लाख रुपैया सहयोग गरेका छन् ।
ग्रामिण विकास केन्द्र रौतहटका अध्यक्ष पारस हुसेनले ब्रेन ट्युमर पिडित राउतलाई उपचार गर्न निकै कठिन भईरहेको हुँदा निजलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झाको उपस्थितिमा एक लाख एक हजार नगद सहयोग उपलब्ध गराइएका हुन् ।
नेपाल पत्रकार महासंघ रौतहटको विशेष पहलमा अध्यक्ष हुसैनले कतार च्यारेटी नेपालबाट उक्त सहयोग राशी उपलब्ध गराइएको आरडिसीले जनाए । पत्रकार राउतको ब्रेन ट्युमर रोगबाट एक बर्ष देखि ग्रसित रहेको हुँदा भारतको दिल्लीमा उपचार भईरहदा आर्थिक अभावमा उपचार गर्न गाह्रो भईरहेकोमा उनको उपचारको लागि नेपाल पत्रकार महासंघ रौतहटले सहयोगको लागि अपिल गरेका थिए । महासंघले विभिन्न संघसंस्थाहरु संग अपिल गर्दै पत्रकार पटेलको जिवन जोगाउन सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार