रौतहट, ९ फागुन । रौतहटको गढिमाई नगरपालिको मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया तर्फ जादे गरेका बरहथवा नगरपालिकामा ट्रेक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
गढिमाई नगरपालिका वडा नम्वर ९ मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया तर्फ जाने क्रममा बुधवार विहान बिहान ११.१५ बजेको समयमा बरहथवा नगरपालिका वडा नम्वर १५ स्थित बाँधको डिलमा नम्बर प्रस्ट नभएको ट्रेक्टर पल्टिदा चालक रौतहट गढिमाई नपा ९ का ५५ बर्षिय जयलाल सहनी र वर्ष ५० को रामनाथ सहनीको उपचारको क्रममा सिटी अस्पताल गरुडा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको छ । ट्रेक्टरमा २२ जना सबार रहेका थिए । सोही दुर्घटनामा परी गम्भीर घाईते भएका १७ बर्षिय आकाश सहनी र ७ बर्षिय किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
घाइते मध्ये ६७ बर्षिय राम प्रसाद सहनीको समान्य उपचार पश्चात डिस्चार्ज भएको छ । उक्त ट्याक्टमा सवार जम्मा २२ जना मध्ये २ जनाको मृत्यु, ७ जना घाईते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर तर्फ गएको ६ जनाको उपचार भई रहेको र अन्य केही नभएको उनले बताए ।
४८ बर्षिया गान्धी देवी, ४५ बर्षिया सुखली देवी, १८ बर्षिय नितेश सहनी, १६ बर्षिया अञ्चला कुमारी सहनी सहितको प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको उनले भनिन ।
बाँधको डिलमा विपरित दिशा बाट आईरहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्रेकटर नहरको डिलबाट तल खसेका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन