निलम्बीत प्रसनी बच्चा भन्ने रामेश्वर प्रसाद यादवको महोत्तरीमा गोरख धन्धा जारी

72 Shares

महोत्तरी, ९ फागुन । निलम्बनमा परेका प्रहरीलाई सुचना संकलनकर्ता अर्थात सजिलो भाषा भन्नु पर्दा घुमुवा परिचालन गरिएपछि व्यापारी संग अबैध असुली सुरु भएको समाचार बाहिरिएका छन् ।
निलम्बनमा परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको घुमुवा बनेर व्यापारी र तस्करहरूसंग रकम उठाउने, बार्गेनिङ गर्ने र नदिए उसको सामान समाउने काम भइरहेको समाचार बाहिरिएका हुन् ।
नेपाल प्रहरीको नीति र नियम, निर्देशन र आदेश नमान्ने अनि संगठन नेतृत्वको सोझोपनाको फाइदा कसरी उठाउंने गरिन्छ, सोको उदाहरण अहिले महोत्तरीमा भईरहेका तथ्यबाट उजागर भएको छ ।
निलम्बन भएको प्रहरी सहायक निरीक्षक बच्चा भन्ने रामेश्वर प्रसाद यादव अहिले महोत्तरीका तत्कालिन प्रहरी प्रमुख प्रकाश मल्लको विश्वासपात्र बनेर व्यापारी देखि लिएर तस्कर संग बार्गेनिंगमा व्यस्त रहेको पाइएको छ । महोत्तरी जिल्लामा निलम्बनमा परेका यादव अहिले पनि जिल्ला प्रहरी कार्यालयका प्रमुखको घुमुवा बनेर खुलेयाम हिडिरहेका छन् ।
बारा जिल्लामा घर भएका निलम्बित असई बच्चा यादव अहिले पनि त्याहां नगई महेन्द्र चोकामा कोठा लिएर बसेका छन् । जागिरमा घुमुवा भए जस्तै अहिले पनि उनको धन्दा त्यही छ । उनलाई एसपी मल्लको संरक्षण भएको कारण यस्तो कार्य गरिरहेको जिल्लाका अन्य प्रहरी अधिकृतहरू बताउँछन् ।
असई यादव सिपाही भए देखि नै बारा र पर्सामा धेरै लामो समयदेखि घुमुवाको रूपमा परिचालित मात्रै होइनन अधिकाँश समयमा बिबादित व्यक्तिको रुपमा परिचित रहेको छ । कहिले एसपी, कहिले एसएसपी, कहिले डिआइजी त कहिले आइजिपीको घुमुवाको रूपमा समेत उनी परिचालित थिए ।
सर्वेन्द्र खनाल आइजिपी हुदा यादव सोझै सचिवालयबाट तत्कालीन सइ हाल निरीक्षक केडी शाहको नेतृत्वमा परिचालित थिए । अब अहिले प्रदेशमा नयाँ डिआइजी यज्ञबिनोद पोखरेल आएका छन् । उनले के गर्छन् मात्रै होइन महोत्तरीमा सरूवा भएर आएका एसपी श्यामकुमार राईले उनलाई त्यसरी नै परिचालन गर्छन् गर्दैनन् त्यो हेर्न समय बांकी नै छ । असई यादव गत मंसिरमा निलम्बनमा परेका थिए ।
प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा यादव भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएको थियो । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको थियो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको रुपमा कार्यरत थिए । असइ यादवलाई प्रदेश प्रहरीका यसअघिका प्रमुख डिआइजी जनक भट्टराईले निलम्बन गरेका थिए । कात्तिक ३० गते राति असई यादव डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको रात्री भोज खाएर फर्केपछि पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए । पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए ।
भारतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खवर गरेका थिए । घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई जानकारी गराएपछि मात्र यो घटना उजागर भएको थियो ।
गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर ८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७÷८ जनाको समूहले लुटपाट गरेको थियो । त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो ।
त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजना गरेको थियो । असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटेकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको थियो ।

श्रोतः अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।