ब्रम्हपुरी गाउँपालिका ७ नम्वर वडाध्यक्ष यादव विरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता

तराई टप संवाददाता
सर्लाही, १५ भदौं । सर्लाही जिल्लाको व्रम्हपुरी गाउँपालिका वडा नम्वर ७ को वडाध्यक्ष विरुद्ध जबरजस्ती करणी गरेको उजुरी दर्ता भएको छ ।
व्रम्ह्रपुरी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष श्यामकुमार यादव विरुद्ध उनकै छिमेकी २५ बर्षिया महिलाले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दर्ता गराएको हो ।
गत भदौं ५ गते राति पिडिता महिला घरमा सुतिरहेको अवस्थामा वडाध्यक्ष यादव घरमा प्रवेश गरेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा आएको उजुरीको आधारमा आवश्यक अनुसन्धान कार्य प्रारम्भ गरिएको प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।
घटना भएको करिव १० दिन वितिसक्दा पनि पिडित महिलाले आएर न्यायको लागि प्रहरीलाई गुहार्दा बास्तविक्ता पत्ता लगाउन एवं ति महिलाको स्वास्थ्य परिक्षणको लागि मलंगवा अस्पतालमा लगिएको बताए । प्रहरी आफ्नो तर्फबाट अनुसन्धानको मार्फत दोषि पत्ता लागिपरेको हुँदा आरोपित वडाध्यक्ष सम्पर्कविहिन अवस्थामा रहेको उनले बताए ।
स्वास्थ्य परिक्षणको रिपोर्ट र अनुसन्धानको रिपोर्टको एवं उजुरीको आधारमा आरोपित जनप्रतिनिधि भएको हुँदा सम्मानित मलंगवा अदालतबाट पक्राउ पुर्जी जारी गराएर नियन्त्रणमा लिने प्रक्रिया अगाडी बढाइएको प्रहरी निरीक्षक गिरीले स्पष्ट पारे ।