कोरोनाको जोखिम कम संगै रौतहटको सवै सामुदायिक विद्यालय संचालनमा आउने

   १६ भाद्र २०७८, बुधबार १७:१८  

तराई टप संवाददाता
रौतहट, १६ भदौं । कोरोना महामारीको कारण लामो समय देखि बन्द रहेको रौतहटको १८ वटै स्थानीय तहका सामुदायिक विद्यालयहरु विहिवार देखि संचालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार १८ वटै स्थानीय तहलाई कोरोना अनुगमन गरी नेपाल सरकारद्धारा तोकिएको सुरक्षा मापदण्ड पुरा गरी सबै सामुदायिक तथा निजी विद्यालयहरुमा भौतिक उपस्थिती गराई कक्षा सञ्चालन गर्न गराउनु निर्देशन दिए सँगै विहिवार देखि सामुदायिक विद्यालयहरु संचालनमा आउने भएको हो ।
कोरोना संक्रमण जोखिम न्युन रहेको जनाउदै १८ वटै पालिकाले भदौ १७ गतेबाट विद्यालय सञ्चालन गर्न सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुलाई भौतिक उपस्थिति गराएर कक्षा संचालन गर्न निर्देशन दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटका इकाई प्रमुख रामविनय कुमार सिहले जिल्लाको सम्पुर्ण विद्यालयहरुलाई सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न निर्देशन आएकाले सबै पालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालन गर्न अपिल गरेका छन् । लामो समयसम्म विद्यालयहरु बन्द हुदा विद्यार्थीहरुको भविष्य नै अन्धकारमय बन्दै गएको अवस्थामा यहाँका सवै पालिकाहरु भित्र रहेका विद्यालय संचालन ल्याउन समेत उनले अपिल गरे ।
विगत केही दिनदेखि सदरमुकाम गौर सहित जिल्लाको ग्रामिण क्षेत्रमा रहेका निजी विद्यालयहरु पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालनमा ल्याइसकेको दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका बाल निकेतन सेकेण्डरी अवासिय विद्यलयका संचालक विन्दु चौधरीले बताए ।
जिल्ला भित्र विभिन्न पालिकामा रहेको ३५० वटा सामुदायिक विद्यालय तथा एक सय भन्दा बढि रहेको निजी विद्यालयहरु भोली देखि संचालनमा ल्याउन प्रधानाध्यापक र विद्यालय संस्थापकहरु यतिखेर लागि परेका छन् ।
कोरानाको जोखिमको अबस्था हेरेर बिद्यालय संचालन गर्ने वा नगर्ने बारे स्थानिय तहलाई नै जिम्मेवारी दिएको हुनाले जोखिमको मुल्याकन गरी पुर्णरुपमा स्वास्थ्यको मापदण्ड पालना गराई स्थानिय तहले कक्षा सञ्चालन गर्न अनुमती दिन सक्ने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै