51
Shares
रौतहट, १३ फागुन । रौतहटको गुजरा नगरपालिका स्थित लाल बकैयाको बाँधबाट चार किलोग्राम लागुऔषध गाँजा सहित एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुजरा नगरपालिका वडा नम्वर ४ स्थित लाल बकैयाको बाँधमा जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी हरिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्रीले बोकेको झोलालाई खानतलासी गर्दा चार किलोग्राम लागुऔषध गाँजा सहित मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
बारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्वर १ हरैया टोलका ३५ बर्षिय पैदल यात्री हबिब अन्सारीलाई गाँजा सहित इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याय रौतहटद्धारा जारी गरिएको प्रेस नोटमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन