राँची, १३ फागुन । भारत इगलैंड बीच जारी रहेको पाँच टेष्ट म्याचको सिरिज अन्तर्गत झारखण्डको राँचीमा इंगलैंडले भारतलाई जित्नको लागि १९२ रनको लक्ष्य दिएको छ ।
२३ फेब्रुअरीका दिन राँचीमा टस जितेर बेन्स स्टोक्सले पहिलो ब्याटिंग गरेर पहिलो पारीमा ३५३ रन बनाएका थिए भने भारतको पहिलो पारी ४६ रनबाट पछि परे । दोश्रो पारीमा इंगलैंडका १४५ रनमै अलआउट भएपछि पहिलो इनिंगको ४६ रन जोडेर भारतलाई जितका लागि १९२ रनको टार्गेट भेट्टाएको हो ।
हुनतः आज तेश्रो दिनको खेलमा मात्रै रहेपनि स्पीन बलरको करामातले क्रोली बाहेक अन्य खेलाडी खासै प्रदर्शन गर्न नसक्दा १४५ रनमा अलआउट भएको छ । भारतलाई पनि खासै म्याच जित्न सहज हुने छैनन् किन भने पिचमा अत्याधिक टर्न भईरहदा भारतीय ब्याटसम्यानहरुलाई खेल्न अप्ठ्यारो हुने पूर्व खेलाडी एवं कमेन्टेटर सुनिल गाबसकरले कमेन्ट्रीको क्रममा भने ।
भारतको लागि १९२ रन बनाएर सिरिज माथि कब्जा जमाउने राम्रो अवसर जुरेका छन् ।
भारतले तेश्रो दिनको खेल सकिदा ८ ओभरमा बिना कुनै विकेटको क्षतिमा ४० रन बनाइसकेको छ । भारतलाई म्याच जित्न अब १५२ रन चाहियो र १० बिकेट सुरक्षित रहेको हुँदा भोली लञ्च अगावै म्याच जित्ने विश्वास गरिएका छन् । अहिले रोहित शर्मा २४ र यशष्वि जयसवाल १६ रन बनाएर क्रिचमा अविजित रहेका छन् ।
यस अघि रविन्द्रचन्द अश्विनले ५ विकेट, कुलदिप यादवले ४ विकेर र रविन्द्र जाडेजाले १ बिकेट लिएर इंगलैंडलाई ब्याकफुटमा ल्याइदिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन