बृहत शैक्षिक तथा सांस्कृितक महोत्सवले संघिय सरकारलाई बलियो सन्देश दिएकोः प्रधानमन्त्री प्रचण्डको ठहर

   १३ फाल्गुन २०८०, आईतवार १७:१०  

राधेश्याम कुशवाहा
सर्लाहीको बागमती नगरपालिका बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यो कार्यक्रम मार्फत बागमती नगरपालिकाले ७ वटा प्रदेशमा मात्र होईन, संघिय सरकारलाई एउटा बलियो एवं ठोस सन्देश दिएको आफू अनुभूति गरेको बताए ।
उनले सामुदायिक विद्यालयका हजारौं विद्यार्थीका सामुहिक प्रस्तुतिकरण तथा शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरु यो कार्यक्रमलाई भव्य रुपले सफल पार्न आ आफनो ठाउँबाट योगदान गर्ने विद्यालय परिवार, शिक्षक तथा कर्मचारीहरु एउटा नयाँ सन्देश दिने उदेश्यबाट यसप्रकारका महोत्सवबाट एउटा नयाँ उर्जा एवं देशभरी नौलो सन्देश दिन अगाडी बढनुभएका सबै अभिभावक जनसमुदायलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिए ।
सृजनात्मक कार्यक्रमको परिकल्पनाकारको अथक प्रयास र मेहनेतको कारण यसलाई सफल पार्न अहोरात्र खटिने सबै अभियन्ताहरु प्रति, मुख्यत यसको आयोजक बागमती नगरपालिकालाई बिशेष धन्यावाद उनले दिए ।
शैक्षिक तथा साँस्कृतिक महोत्सवमा यहाँको मौलिक, अत्यन्त सृजनात्मक र सन्देश मूलक बनाउन स्कुले बालबालिकाहरु शैक्षिक र सांस्कृतिक झल्किने खालको प्रस्तुति गरेका थिए । सबै विद्यार्थीहरुलाई पनि संघिय सरकारको तर्पmबाट विशेष धन्यावाद ज्ञापन गर्न चाहेको छु, प्रम प्रचण्ड भने । तपाईको यो कार्यक्रमले संघिय सरकार सहित देशभरिका स्थानिय तहहरु तथा सबै प्रदेश सरकार समक्ष एउटा बलियो सन्देश गएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र कस्तो हुनुपर्दछ, विविधतामा एकता हाम्रो राष्ट्रिय विशेषता हो । तपाईहरुले सातै प्रदेशका सांस्कृतिक प्रस्तुति मार्फत र अन्तिममा फेरी तपाईहरुले सबैलाई एकतामा बुन्ने उदेश्यका साथै राष्ट्रिय प्रबद्र्धन गर्ने जुन प्रस्तुति दिएको थियो । यो धेरै नै उच्च प्रकृतिको छ, र यसले हामी बस्दै गर्दा पनि साथीहरुले भनी राख्नुभएको छ, कि यो कार्यक्रम त हामीले गणतन्त्र दिवसको दिन काठमाडौंको टुडिखेलमा फोटोकोपी गरेपनि हुने भो भने कुरा आएको छ । यस अर्थमा पनि तपाईहरुको यो कार्यक्रमको महत्व निकै नै ठुलो रहेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बागमती नगरपालिकाका मेयर भरत थापाले हाम्रा नगरका बालबालिकाहरुलाई विश्व बजारमा बिक्ने गरी श्रम सिपमा आधारित असल नागरिक निर्माण गर्ने दिशमा हामी अघि बढेको बताए । नगरले शिक्षा क्षेत्रमा ठुलो चुनौती र कठिनाईको वावजुद पनि सम्भावनालाई चुम्दै समुदायलाई सामुदायिक विद्यालयमा जोडने कार्य गरेको बताउदै हामीले गुणस्तरिय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलपा मार्फत संस्कार, संस्कृतिको जगेर्ना र संरक्षण गर्न लागि परेको उनको कथन छ ।
बागमती नगरपालिकाको आयोजनामा वडा नम्वर ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना भएको महोत्सवमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्न नेपाली सेनाका हेलिकोप्टरबाट कार्यक्रम स्थलमा आइपुगेका थिए । उनले बागमती नगरपालिकाको शिक्षा मोडेल पुस्तकलाई समेत विमोचन गरेका थिए ।
कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डलाई मायाको चिनो प्रदान गरे । भिडका कारण कार्यक्रमलाई अवलोकन गर्न र आनन्द लिन कठिनाई भएका दर्शकहरुका लागि मैदानको पूर्व तर्फको बाहिरी पटी ठुलो एलएडी सहित विभिन्न समाजिक संजाल मार्फत कार्यक्रमलाई लाईभ प्रसारण गरिएको थियो ।
कार्यक्रममा हजारौं संख्यामा अभिभावक, सर्वसाधरण तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्थलमा शन्ति सुरक्षा कायम राख्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई भारी संख्यामा परिचालन गरेर कडा सुरक्षा व्यवस्था सर्लाही प्रशासनले गरेको थियो ।
रौतहट, सर्लाही र महोतरीका ३ वटै सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहरी विकास मन्त्री सीता गुरुङ, पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पुर्व सविधान सभा सदस्य शिवपुजन राय, नरेन्द्र साह, प्रदेश सांसद फकिरा महतो, जवाहर कुशवाहा, लालबन्दीका मेयर मान बहादुर खडका, हरिवनका मेयर कमल बुढाथोकी, गोडैताका मेयर देवेन्द्र कुमार यादव, बलराका मेयर रामाशंकर कुशवाहा, रामनगरका मेयर राजाबाबु यादव, बागमतीका उपप्रमुख लिला कुमारी मोक्तान, सहिद परिवार, संचारकर्मी लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै