दुध किसानको बक्यौता रकम भुक्तानीको माग गर्दै दुग्ध उत्पादक सहकारीद्वारा प्रजिअ समक्ष ज्ञापन पत्र

   १४ फाल्गुन २०८०, सोमबार १६:५१  

रौतहट, १४ फागुन । दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रपुर रौतहटले विभिन्न १० सुत्रिय मागहरु राख्दै सोमवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रपुर रौतहटले जिल्लाका दुध किसानहरुले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामा मार्फत संकलन गरी दुग्ध विकास संस्थान अन्तर्गतको हेटौडा दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरुलाई विक्री वितरण गर्दै आइरहेकोमा पछिल्ला ६ महिना देखि दुग्धको भुक्तानी नदिएको भन्दै आज जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी समक्ष ज्ञापन पत्र बुझाएका हुुन् ।
दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रपुर रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले किसानहरुको पिडामर्कालाई १० बुंदे मागलाई समेटेर प्रजिअ रेग्मी समक्ष बुझाएको ज्ञापन पत्रमा नेपाल सरकारद्वारा तोकिएको मुल्य भन्दा कम आफूखुशी मूल्य तोक्ने, नियमति रुपमा दुध खरिद नर्गे लगायतको खरिद गरेको दुधको भुक्तानी पछिल्ला ६ महिना देखि ९ करोड बक्यौता रहेको रकम उपलब्ध नगराएकोमा किसानहरु अत्याधिक मर्कामा पर्दै गएकोमा बाध्य भएर ज्ञापन पत्र बुझाउनु परेको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले विभिन्न सरकोकारवाला निकाय संग छलफल गरी यो समस्या समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रौतहट समेतको सहभागितामा केन्द्रीय दुध सहकारी संघ लिमिटेड नेपालले दुग्ध उत्पादक कृषकहरुले दुध विक्री वापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा नेपाल सरकार संग गत मंसिर २६ मा सम्झौता भएकोमा उक्त सहमती कार्यान्वयन नभएको हुँदा यस जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड रौतहटले नेपाल सरकारको ध्यानाकर्षण गराउदै विगतमा भएको सम्झौतालाई कार्यान्वयन यथाशिघ्र गराउने उद्देश्यका साथ ज्ञापन पत्र बुझाइएको अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए ।

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड चन्द्रपुर रौतहटको माग

१) दग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गतको हेटौडा दुग्ध वितरण आयोजना लगायतका अन्य निजी डेरी उद्योगीहरुले विगत ६ महिना अघि देखि रहेको ९ करोड भन्दा बढिको भुक्तानी बक्यौता यथाशिघै भुक्तानी गरियोस ।
२) विभिन्न बहाना बनाएर आफूखूशी राखिएको मुल्य तुरुन्त खारेज गरी नेपाल सरकारले तोकेको मूल्य कायम गरियोस । हाल किसानले घोषित तथा अघोषित रुपमा भोगिराखेको मिल्क होल डे तुरन्त बन्द गरियोस ।
३) भन्सार विभागको तथ्यांक अनुसार २०८० श्रावण देखि पौष मसान्त सम्म एक अरब त्रिचालिस करोड़ उनानब्बे लाख तेइस हजारको दुग्ध जन्य पदार्थ आयात भएको देखिन्छ सो पूर्ण बन्द गराई स्टकमा रहेका दुग्ध जन्य पदार्थलाई अन्तरराष्ट्रिय बजारमा अबिलम्ब विक्री गर्ने व्यवस्थापन गरियोस ।
४) दुग्ध किसानहरुलाई यस पेशमा जोगाईराख्न सहुलियत कृषि कर्जामा अनुदान कार्यक्रम उपलब्ध गराइयोस ।
५) किसानको लागत मुल्य घटाउन सबै पालीकामा सबै किसानले पाउते गरि दुध लिटर अनुदान कम्तिमा रू. १० लागु गर्ने, पशु आहारा, पशु औषधी लगायत पशुपालनमा संग सम्बन्धित बस्तुका मुल्य राज्यले अबिलम्ब नियन्त्रण गरियोस ।
६) बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको दावी भुक्तानी सहज बनाईयोस । निर्यातित दुग्घ जन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गरियोस ।
७) दुग्ध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायतका रोग मुक्त घोषणा गरियौस ।
८ सीमा क्षेत्रबाट अबैध रुपमा भित्री रहेको दुघ तला दुग्ध जन््य पदार्थकों तस्करी तुरुन्त बन्द गरियोस।
९) गुणस्तरिय दुध उपभोक्ता समक्ष पुर्याउनका लागि आवश्यक प्रबन्ध गरियोस ।
१०) पशु आहार पराल आदीको दुवानीमा ट्राफिक प्रहरीले दिने अनावश्यक दुःख अन्त्य गरियोस ।

प्रजिअ घिमिरे समक्ष ज्ञापन पत्र बुझाउन दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष अधिकारी सहित उक्त संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै