धनकौल गाउँपालिकामा फागुन १६ देखि २२ सम्म दादुरा–रुवेला खोप अभियान संचालन हुने

   १४ फाल्गुन २०८०, सोमबार १७:५०  

राधेश्याम कुशवाहा
सर्लाही, १४ फागुन । सर्लाहीको धनकौल गाउँपालिकामा आउदो १६ गते देखि दादुरा–रुवेला खोप अभियान संचालन हुने भएको छ ।
फागुन १६ गते बुधवारको दिन देखि सुरु हुने दादुरा–रुवेला अभियान गाउँपालिकाको ७ वटै वडामा ८ हजार भन्दा बालबालिकाहरुलाई खोप लगाउने जनाएको हो ।
गाउँपालिका ७ वटै वडाका स्वास्थ चौकी, विद्यालयमा खोप केन्द्र खडा गरेर ९ महिना देखि १५ बर्ष भित्रका बालबालिकालाई खोप लगाउने स्वास्थ शाखा प्रमुख अरुण महतोले जानकारी दिए ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन साहले दादुरा–रुबेला खोप अभियानको शत प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए । लक्ष्य प्राप्तिका लागि खोप समन्वय समिती, सरोकारवाला निकाय, जनप्रतिनिधि लगायत स्थानीयवासीहरुलाई सहयोगका लागि अपिल गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामअश्रय साहले गाउँपालिकाका कुनै पनि बालबालिकाहरुलाई खोपबाट बन्चित गर्न नहुनेमा जोड दिदै संघिय सरकारबाट निशुल्क प्राप्त खोपलाई कुनै काखापाखा नगरी पालिकाका सबै बालबालिकालाई खोप लगाउन खोप समन्वय समितिलाई कडा निर्देशन दिएको बताए ।
खोप पुर्णरुपमा सुरक्षित रहेकोले सबैलाई अ–आफनो गाउँटोलका बालबालिकाहरुलाई निर्धक्क रुपमा खोप लगाउन अनुरोध गरिएको छ ।
धनकौल गाउँपालिकाले पालिका स्तरीय खोप समन्वय समिती एवं संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरि दादुरा÷रुबेला खोप लगाउने अभियान सुरु गरेका हुन । कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु लगायत संचाकर्मीहरुको सहभागिता रहेको थियो ।
दादुरा–रुवेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्पन्न गरिने लक्षय रहेको धनकौल गाउँपालिकाको स्वास्थ शाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै