हुलाकी सडकमा गएराति भिषण सडक दुर्घटना, मोटरसाइकलमा सवार दुई जना युवकको दुखद मृत्यु

   १५ फाल्गुन २०८०, मंगलवार १६:४१  

सर्लाही, १५ फागुन । सर्लाहीमा हुलाकी सडक खण्डको कौडेनामा सोमवार राति सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको कौडेना गाउँपालिका वडा नम्वर ३ मा गएराति साढे ८ बजेको समयमा मलंगवाबाट कौडेना तर्फ आईरुहेका एचआर ५९ ए ०१३१ नम्वरको भारतीय नम्वरको स्कारपिओ र पश्चिमबाट पूर्व तर्फ गईरहेका बिआर ०६ सीवाई ५०८६ नम्वरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिकाको दुई जना युवकको मृत्यु भएको हो ।
मलंगवा तर्फ गईरहेका मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा नम्वर ६ का २३ वर्षीय सियानन्दन महतो र त्यही स्थानका १९ वर्षीय अजय महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । स्कारपिओको ठक्करबाट गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको उनले भने ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरुले स्कारपियोलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेपनि स्कारपिओको चालक फरार भएको हुँदा निजको खोजी कार्य जारी रहेको डिएसपी थारुले बताए । भारतीय नम्वरको स्कारपिओ रहेको हुँदा उसको चालकलाई खोजी कार्यमा ढिलाई भइरहेतापनि चाँडै नियन्त्रणमा लिई आवश्वयक कारवाही गरिने बताउदै मृतक दुबै युवकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरेर उनका परिवारजनलाई जिम्मा लगाउने कार्य भईरहेको जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै