चन्द्रोदय साकोसको स्थापना दिवसमा पत्रकार फणी महत सम्मानित

   १५ फाल्गुन २०८०, मंगलवार १७:१८  

रौतहट, १५ फागुन । “स्वच्छ सफा राखौ चन्द्रपुर नगर, यहि छ चन्द्रोदय सहकारीको रहर,” भन्ने मुल नाराका साथ चन्द्रोदय साकोसले १६ ओ स्थापना दिवसको अवसरमा पत्रकार फणी महतलाई सम्मानित गरिएका छन् ।
स्थापना दिवशको कार्यक्रममा प्रमुख अतिथी तथा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेलले सहकारीको स्थापनापछि सहकारी प्रतिको नकारात्मक कुराहरुलाई चिर्न सहकारीकर्मीहरु नै सकृय भएर बितिय शिक्षा गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष पोखरेलले रक्तदान कार्यक्रममा सस्थाले महत्वपुर्ण योगदान दिदै आएको मा खुशी ब्यक्त गरे । खराव ऋणका कारण सहकारी धरापमा परेको र खराब ऋणी साझा शत्रु भएकाले सवै मिलेर त्यसको अन्त्य गर्नु पर्ने धारणा राखे । विशिष्ट अतिथी चन्द्रपुर नपा सहकारी फाँट प्रमुख नसरे आलमले सहकारी सस्थाहरु अझ सामाजीक कार्य प्रति उत्तरदायी भएर गएमा सहकारी प्रति बढ्दै गएको नकारात्मक भावनालाई चिर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संचारकर्मी तथा जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष संजय कार्कीले चन्द्रोदय साकोसले समाजमा उदारणिय कार्यहरु गर्दै आएको र आउने दिनमा अझै सामाजीक हितमा सकृय हुन सवै संचालकहरु लाई शुभकामना दिए ।
चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवाषकुमार चौधरीले चन्द्रोदय साकोस यस क्षेत्रमा रगतको अभाव हुन नदिई नियमित रक्तदान गरेर धेरै बिरामीहरुको ज्यान जोगाएकोमा धन्यवाद दिए । सो सस्थामा करीव ३३ सय सदस्यहरु आवद्ध रहेका छन ।
२०६५ साल मा स्थापित संस्था ३५ जनाले ५ हजारका दर को शेयरबाट सुरु गरेका चन्द्रोदय साकोसले १६ औं बार्षिक उत्सव मनाउन सफल भएको भन्दै सस्थाका अध्यक्ष वसन्त आचार्यले खुशी ब्यक्त गरे । सदस्यहरुलाई गुणस्तरीय र छिटो छरितो सेवा दिन सहकारी दिनरात लागि परेको उनले भने ।
हाल संस्थामा २ करोड २० लाख पुजी रहेको छ । सस्थाले रक्तदान, सरसफाइ, पिडामा रहेकाहरुलाई सहयोग गर्दै आएको बताइएको छ ।
रौतहटको चन्द्रपुर क्षेत्रको राम्रो सहकारी संस्थाको रुपमा ख्याती प्राप्त गरेका चन्द्रोदय साकोसको १६ ओ स्थापना दिवस अवसरमा पत्रकार फणि महतलाई १० हजार १०५ रुपैया नगद पुरस्कार बाट सम्मान गरिएयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै