मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्री बनाउन पीटीआईले मानेनन्

67 Shares

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले विद्रोहमा उत्रिएको छ । पार्टीले पञ्जाब विधानसभामा मुख्यमन्त्री चुनावका लागि समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यही समानान्तर अधिवेशनबाट मुख्यमन्त्री, सभामुख र उपमुख्यमन्त्रीको निर्वाचन गरिनेछ । पाकिस्तान मुस्लिम लिग नवाजले आफ्नो नेता मरियम नवाजलाई पञ्जाब विधानसभामा मुख्यमन्त्री चयन गरेको थियो । मरियम नवाज ‘चोरेको जनादेश’बाट मुख्यमन्त्री बनेको दाबी पीटीआईको छ । सोमबार मरियम पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तीय मुख्यमन्त्री बनेकी हुन् । पञ्जाब विधानसभामा ३२७ सिट छन् र सीएम बन्न उनलाई आधा अर्थान् १८७ मत चाहिएको थियो । चुनावमा मरियमले २२० मत प्राप्त गरिन् । मरियमले पीटीआई समर्थित सुन्नी इत्तेहाद काउन्सिलका सदस्य राना आफताबलाई पराजित गरेकी थिइन् । सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले सभाको प्रक्रिया बहिष्कार गर्दा राणा अफताबले एउटै मत पाएनन् । अब चाँहि पीटीआईले पञ्जाब विधानसभाको समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यो अधिवेशनमा विधानसभाका २५० सदस्य सहभागी हुने दाबी पीटीआईको छ । पञ्जाब विधानसभामा मरियम नवाजसमेत  आधा भन्दा बढी सदस्य जनादेश चोरेर पुगेको दाबी पीटीआई नेता शौकत बसराले एक पत्रकार सम्मेलनमा गरेका थिए । मरियम नवाज पीटीआई समर्थित उम्मेद्वार मेहर शराफतसँग हारेकी थिइन् । तर पछि उनलाई जिताइएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।