१८० जना गर्भवती महिलालाई पोषण युक्त खाद्यान्न सामग्री मेयर मेहताले वितरण गरे

तराई टप संवाददाता
इशनाथ (रौतहट), १६ भदौं । इशनाथ नगरपालिकामा रहेको गर्भवती महिलालाई पोषण युक्त खाद्यान्न सामग्री बुधवार वितरण गरिएको छ ।
इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले नगरको १८० जना गर्भवती महिलाहरुलाई पोषण युक्त खाद्यान्न सामग्री विगतर गर्दै उनीहरुको गर्भमा रहेका शिशुलाई सुरक्षित राख्न मद्दत पुग्ने उद्देश्यबाट खाद्यान्न सामग्री वितरण गरिएको बताइएको हो ।
गर्भवती महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गर्दै मेयर मेहताले नगर भित्रका महिला एवं बालबालिकाहरुलाई नगरपालिकाबाट पाउनुपर्ने हरेक सेवा सुविधा समय समयमा उपलब्ध गराउदै आएको छु, तर केही व्यक्तिहरुद्धारा विभिन्न समयमा विवाद एवं बाधा सृजना गराएर नगरको समुन्नत विकास माथि आघात पुर्याउदै आएकोमा त्यस्तालाई आउदो समयमा जनताहरुले नै सबक सिकाउने बताए ।
विकास निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी सरसफाईका क्षेत्रमा निरन्तर रुपमा लागि परेको मेयर मेहताले स्पष्ट पारे ।