रौतहट, १६ फागुन । रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा मापदण्ड विपरित संचालनमा रहेका नीजि अस्पतालहरु माथि कसले करवाही गर्ला यतिखेर प्रश्नहरु उब्जीदै गएका छन् ।
गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका नीजि अस्पतालहरु मापदण्ड विपरित, शैक्षिक योग्यता नभएका झोलाछाप चिकित्सकहरुको मद्दतमा त्यस्ता अस्पतालहरु संचालन गराएर विरामीको जीवन संग खेलवाड गरिरहदा पनि कारवाही कुन निकायले गर्ला भनेर प्रश्न उब्जीदै गएका हुन् ।
केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको झोलाछाप चिकित्सकबाट उपचार गराउदै आएको खवर पाएपछि तिन जनालाई नियन्त्रणमा लिएपनि अन्य नीजि अस्पतालको अवस्था जसको तस रहेको पाइएका छन् ।
तराई टप एक्सक्लुसिभ समाचार
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । त्यती मात्रै नभई बर्षभरीको मूल्याँकन फारमको आधारमा नविकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नविकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको छ, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिव असहाय विरामीहरु संग अनावश्यक रुपमा रकम लुट्दै आएको पाइएका छन् ।
यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा नीजि अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नविकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजिविनिले १५ बेडको स्वीकृति लिएको भएपनि अन्य ११ वटा नीजि अस्पतालको नविकरण भएको देखिदैनन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नविकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर संचालन गरेको पाइएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईमै राखेर विरामीको उपचार गर्ने गरेको पाइएका छन् ।
गाउँघरमा आफना एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्ष देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित होस्पिटल संचालन गर्दै आएपनि सम्बन्धित निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।
गरुडा सिटी हस्पिटल, रौतहट कान्तिबाल मेमोरियल हस्पिटल, रोमा हस्पिटल, हेल्थल्याण्ड हस्पिटल, ग्राण्डी अस्पताल, नेत्रज्योती आँखा अस्पताल, आरोग्य हेल्थ अस्पताल, आनन्द पोलिक्लीनिक एक्युपञ्चर, सनसिटी अस्प्ताल, गरुडा मेडोसेटी हस्पिटल र एडभान्स क्लीनिक गरी ११ वटा नीजि हस्पिटलहरु नविकरण नगराएको गरुडा स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमध्ये हेल्थल्याण्ड हस्पिटलमा १०, नेत्र ज्यातीमा २, याशिम संजिविनीमा १५ र गरुडा मेडासिटीले १५ बेडको स्वीकृति लिएपनि नविकरण गराएको छैनन् ।
यसैक्रममा आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नविकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर संचालन गरेको पाइएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईमै राखेर विरामीको उपचार गर्ने गरेको पाइएका छन् ।
गाउँघरमा आफना एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्ष देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित होस्पिटल संचालन गर्दै आएपनि सम्बन्धित निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।

यस विषयमा होस्पिटलका प्रोपराइटर जयसवाल संग सोध्दा सबै प्रक्रिया पुरा गरेर संचालन गरेको दाबी गर्दछन् । तपाई होस्पिटल नविकरण नै छैन्, बेड राख्ने स्वीकृति लिनु भएको छैन् प्रश्न गर्दा १५ बेडको स्वीकृति लिएको बताए । बाँकी कार्य प्रक्रियामा रहेको जवाफ दिदै पन्छिए ।
दुर्गा भगवतीको गंगापिपरामा संचालनमा रहेका वागमती अस्पतालका संचालकले पनि स्थानीय तहबाट स्वीकृति नलिएको त्यहाँका स्वास्थ्य शाखा प्रमुखले बताए । विरामी राखेर उपचार गर्न बेडको स्वीकृति नलिएको, अस्पताल संचालन गर्न स्वीकृति नलिई विरामीको जीवन संग खेलवाड गरिरहदा पनि हामी मुकदर्शक भएर बस्नु परेको उनको कथन रहेको छ । कतिपय विरामीहरुलाई समुचित उपचार नगर्दा केही विरामीहरुको मृत्यु समेत भइसकेको वेहाल स्थिति रहेको उनले भने ।
यसरी आम मानिसको जिवन संग खेलवाड गर्ने अधिकार कसले दियो ? स्वास्थ्य माफियाहरु विरुद्ध कारवाही गरेर कानुनी दायरमा कसले ल्याउला ? भने प्रश्न उब्जीदै गएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन