सर्लाही, १६ फागुन । सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को औपचारिक रुपमा समापन भएको छ ।
हिजो मंगलवार शुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतियोगिता २०८० को आज बुधवार एक कार्यक्रमका विच आधिकारीक रुपमा समापन गरिएको हो ।
चक्रघट्टा गाउँपालिका वडा नम्वर १ शिवनगर स्थित खेल मैदानमा पालिकाद्वारा आयोजिना गरिएको उक्त प्रतियोगितामा चार वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । जनता माध्यमिक विद्यालय पडरिया प्रथम, रामजानकी मावि खोरिया दोश्रो र जनता मावि बेल्ही तेश्रो स्थान हाँसिल गरेको चक्रघट्टा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामस्वार्थ यादवले बताए ।
जनता माविले पडरियाले ७ स्वर्ण, ४ काँस्य र २ रजत पदक, ५ स्वर्ण, रामजानकीले ७ काँस्य र ३ रजत र जनता मावी बेल्हीले ३ स्वर्ण, २ काँस्य र ९ रजत प्राप्त गरेको यादवले जानकारी दिए ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले प्रथम, दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका विद्यालयहरुलाई ट्रफी एवं शिल्ड प्रदान गरे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन