काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको विरुद्धमा कवाड व्यवसायीहरुले सडकमा चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
कवाडीको कारोवार गर्ने व्यवसायी माथि गैरकानुनी रुपमा हस्तक्षेपलाई तत्काल बन्द गर, आम नागरिकले गर्नुपर्ने व्यवसायको संवैधानिक हकलाई हनन गर्ने अधिकार कसैलाई नरहेको भन्दै शुक्रवार काठमाडौंको सडकमा बालेन विरुद्ध कवाड व्यवसायीहरु आन्दोलित भई सड्कमा विरोध प्रदर्शन गरेका हुन् ।
कवाडी व्यवसायीहरुको जुलुस थापाथलीबाट सुरु भई सुनधारामा सम्म बाटो अवरुद्ध गर्दै काठमाडौं महानगरपालिकाको मेयर साहको कार्यशैली विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुदै चर्का नाराबाजी गरेको बताइएको छ ।
देशको नियम कानुन अनुसार हरेक नागरिकले व्यापार ब्यवसाय गर्न पाउने नैसर्गिक हक अधिकार रहेको छ । घर–घरबाट काम न लागने कावाड़ी समान किनेर काठमाडौंलाई सफा राखने कवाड़ ब्यवसायीहरुलाई सम्मान गर्नुको सट्टा त्रसित र आतंकित पार्नु दुःखद भएको कवाड व्यवसायीहरुको ठहर छ ।
आम नागरिकको संवैधानिक हकलाई हनन गर्ने अधिकार कसैलाई नरहेको भन्दै यसर्थ कवाडीहरु माथी भईरहेको गैरकानुनी हस्तक्षेप तुरुन्त रोक्न सरकारको ध्यान जान जरुरी रहेको उनीहरुले राज्य समक्ष गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।
कवाडी व्यवसायी माथि भएको अत्याचार विरुद्ध प्रतिनिधि सभामा आजपा अध्यक्ष प्रभु साहको गर्जन
यता काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको कार्यशैली एवं आतंक विरुद्ध आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रतिनिधि सभाको बैठकमा जोडदार रुपमा विरोध गरेका छन् ।
साहले काठमाडौं महानगरको आतंकको कारण यहाँबाट श्रमिक एवं व्यवसायीहरु विस्थापित हुँदै गएको, सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन्, कवाड व्यवसायीहरु माथि डोजर चलाइएको छ, कतै सुकुम्बासीलाई आतंकित बनाइएको छ, के महानगरपालिकालाई कुनै कनुन लाग्दैनन् भने प्रश्न गर्दै यदी महानगरपालिकाको यस्ता कार्यलाई सरकार के हेरेर बसेको छ, अविलम्ब नियमन गरियोस उनले जोडदार रुपमा माग उठाए ।
अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन ?’ उनले कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण गराए । कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने उनको कथन थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन