प्रदेश २ मा १० जना साँसदले एकीकृत समाजवादी रोजे

797 Shares

तराई टप संवाददाता
रौतहट, १७ भदौं । रौतहटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ जना साँसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
विहिवार रौतहटबाट दुई जना साँसद सहित प्रदेश नम्वर २ मा नेकपा एमालेका १० जना साँसदले नेकपा एकीकृत समाजवादी पार्टी । रौतहट क्षेत्र नम्वर ३ को ख बाट निर्वाचित नागेन्द्र यादव र समानुपातिक सासद हसिमा खातुनले नेकपा एस रोजे । उनीहरुले आज प्रदेश निर्वाचन कार्यालय जनकपुरमा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका छन् ।
नेकपा एमालेबाट एकीकृत समाजवादी रोज्ने साँसदहरुमा शत्रुघन महतो, गोविन्द न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र वैठा, मनोज सेन श्रीवास्तव रहेका छन् भने साँस्द डिल्लली उप्रेती उपचारको क्रममा भारतको राजधानी दिल्लीमा रहेको हुनाले दुतावास मार्फत आफनो सनाखत गराउने बताइएको श्रोतले बतायो ।
प्रदेश नम्वर २ मा नेकपा एमाले २१ जना साँसद रहेको छ । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ आज सनाखत गर्न आउन नसकेको हुँदा अर्काे दिन आएर सनाखत गर्ने बताइएको छ । प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् । प्रदेश २ मा एमाले भन्दा एकीकृत समाजवादी बलियो भएको तथा ओली भन्दा माधव नेपाललाई नै मनपराएको हुदा आउदो समयमा एकीकृत समाजवादी पार्टी बलियो हुने दाबी युवा नेता शम्भु साहले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार