रोहित शर्माको कप्तानी रहेका भारतीय टिम टेष्ट क्रिकेटमा नम्वर वन बन्यो

   २० फाल्गुन २०८०, आईतवार १३:३१  

नयाँ दिल्ली, एजेन्सी । भारतीय टेष्ट टिमका कप्तान रोहित शर्माको टिम आइसीसी विश्व टेष्ट रयाकिंगको पहिलो नम्वरमा पुगेका छन् ।
शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोली आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ तालिकाको पहिलो दोश्रोबाट पहिलो स्थानमा पुगेका हुन् । अस्ट्रेलियाले आइतबार सम्पन्न पहिलो टेस्ट क्रिकेटमा घरेलु टिम न्युजिल्यान्डलाई एक सय ७२ रनले हराएपछि भारत अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा खेलिएको पहिलो टेस्टमा अस्ट्रेलियासँग पराजित भएपछि न्युजिल्यान्ड टेस्ट च्याम्पियनसिपको दोस्रो स्थानमा झरेको छ । तालिकामा अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । यसैगरी तालिकामा बंगलादेश चौथो, पाकिस्तान पाँचौँ, वेस्ट इन्डिज छैटौँ, दक्षिण अफ्रिका सातौँ, इङ्ल्यान्ड आठौँ र श्रीलंका नवौँ स्थानमा रहेका छन् ।
पाहुना टोली अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डलाई हराएसँगै दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । तीन सय ६९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको घरेलु टोली न्युजिल्यान्ड चौथो दिन आइतबार केवल एक सय ९६ रनमा अलआउट भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै