धनुषा, २० फागुन । जनकपुरधाम उपमहानगरपालिकाको विन्धीमा आईतवार दिउसो स्कूल बसले ठक्कर दिदा एक महिलाको मृत्यु भएको ६ जना घाइते भएका छन् ।
प्राप्त खवरका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २३ विन्धीमा विवाहको लागि मटकोर खन्न पोखरी तर्फ गईरहेका महिलाहरुको भिडमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिदा स्थानीय ३५ बर्षिया राखी देवी यादवको मृत्यु भएको धनुषा प्रहरीले जनाएका हुन् ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको विन्धीमा बेकाबु स्कुल बसको ठक्करबाट स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह घाइते भएको प्रहरीले बताए ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको भइरहेको छ । स्कुल बसका चालक सहित बसलाई नियन्त्रणमा राखेर आवश्यक कारवाही भईरहेको तथा मृतक महिलाको शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरी सुत्रबाट थाहा भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन