त्रिकोणिय टि–२० क्रिकेट टुर्णामेन्टको उपाधीका लागि मंगलवार नेपाल र नेदरल्याण्डस भिड्ने

   २० फाल्गुन २०८०, आईतवार १५:४४  

रौतहट, २० फागुन । त्रिकोणिय टि–२० क्रिकेट टुर्णामेन्ट अन्तर्गतको अन्तिम लिग चरणको खेल बर्षाको कारण रद्द भएपछि आउदो मंगलवार उपाधीका लागि नेपाल र नेदरल्याण्डस भिड्ने भएका छन् ।
आईतवार त्रिविवि खेल मैदानमा बर्षाको कारण नामिविया र नेदरल्याण्डस बीचको खेल रद्द भएर एक एक अंक बाँड्न विवश भए संगै नेपाललाई उपाधी जित्नका लागि फाइनलको प्रवेशद्वार खुलेका हुन् ।
नामिबिया सँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र रहदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
त्रिविवि क्रिकेट मैदानमा आज नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८ रनमा ४ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोज्दा पुनः ठूलो बर्षा हुनथालेपछि रद्द गर्नुपरेको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै