दुर्गा भगवतीमा जारी रहेको अध्यक्ष कपमा वडा नम्वर ३ मत्सरी विजयी

   २० फाल्गुन २०८०, आईतवार १८:१२  

रौतहट, २० फागुन । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जारी अध्यक्ष कप अन्तर्गतको खेलमा वडा नम्वर ३ मत्सरीले वडा नम्वर २ भलोहियालाई १५ रनले पराजित गरेका छन् ।
दुर्गा भगवती गाउँपालिकाको सहयोगमा मारुती क्रिकेट क्लव गंगापिपराद्धारा आयोजित अध्यक्ष कपको दोश्रो खेलमा वडा नम्वर ३ मत्सरीले टस जितेर पहिलो ब्याटिंग गर्दै ११९ रन बनाएका थिए । १२० रनको लक्ष्य साथ प्रतिउत्तरमा मैदानमा ओर्लिएका वडा नम्वर २ भलोहियाका ब्याट्सम्यान बेदानन्द ठाकुर बाहेक अन्य कुनै खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी खेलाडी ठाकुर ४७ रनको योग्यदान आफनो टिमलाई दिएपनि हारलाई जोगाउन सकेनन् । २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाउदै हार वेहोर्नु परेको बताइएका छन् ।
आजको खेलमा दुर्गा भगवती का अध्यक्ष शम्भु सिंह, वडाध्यक्षद्धय धर्मेन्द्रकुमार झा (डिके) र शुरेश चौधरीको विशेष उपस्थिति रहेको आयोजक समितिले जनाएका छन् । वडा नम्वर ३ लाई जिताउनमा अहम भुमिका निर्वाह गरेका खेलाडीलाई दुर्गा भगवती गापा अध्यक्ष शम्भु सिंहले पुरस्कार हस्तान्तरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै