रौतहट, २१ फागुन । रौतहटको मौलापुर नगरपालिकाको पतौरा स्थित पुरातात्विक महादेव मन्दिर नजिक उत्खननबाट संसारलाई चकित पार्ने तथ्यहरु बाहिरिएका छन् ।
पुरात्तात्विक महादेव मन्दिर देखि २ सय मिटर उत्तरको दिशामा २०७५ साल देखि उत्खनन भईरहेका स्थानमा नेपालमा अहिले सम्मको सबैभन्दा पुरानो अवशेषहरु फेला पर्न आफैमा आश्चर्यको विषय भएका हुन् । भारतीय पुरात्तात्विक विदका अनुसार प्राचिन विश्वमा इजिप्टको पिरामिड भन्दा पुरा एलेक्स डेराई को समयको पर्खालहरु रहेको तथ्य बताएको मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले दाबी गरे ।
जमिनको सतह देखि दुई मिटर मुनी पुगेपछि बल्ल पुरानो अवशेषहरु देखिएपछि नेपालको पुरात्तात्विक विभागबाट रिटायर्ड भएका व्यक्तिहरुलाई राखेर निरन्तर रुपमा उत्खनन भईरहदा स्थानीय केहीले अवरोध सृजना गर्दा उक्त दुई कत्ठा जग्गा नगरपालिकाबाट जग्गा खरिद गरेर पुरात्तावित्व महादेव मन्दीरको नाममा पास गरेपछि यसपाली उत्खनन गर्दै जाँदा प्राचित समयमा महत्व बोकेका अवशेषहरु फेला पर्न थालेको अधिकृत साहले जानकारी दिए ।
उत्खनन कार्यमा संलग्न पुरात्तात्विक विद विराज थापाको अनुसार आफू निरन्तर रुपमा विगत पाँच बर्ष देखि उखनन कार्य गर्दै आईरहेको भएपनि यस्तो अवशेष एवं महत्व बोकेका सम्पदाहरु नेपालमा कहि कतै नभेटिएको दाबी गर्छन् । उत्खनन कार्य सुरु भएको एक बर्ष पछि जर्मन पुरात्तात्विक विशेषज्ञ अग्रीमले यहाँ धेरै पुरानो सभ्यताको भग्नावेशहरु रहेको हुँदा यसलाई उचित रेखदेखमा मात्रै उत्खनन गर्न सुझाव दिदै त्यसबाट निस्किएको इटाको परिक्षण गर्दा कर्नाटक कालिन समय भन्दा अगावैको रहेको पुष्टि गरेको थापाले बताए ।
पुरतत्वबिदको अनुसार यो नेपाल मै अहिले सम्म भेटिएको सबभन्दा पुरानो अबशेष रहेको छ । यस्तो अवशेषहरु दुनियामा सायदै कतै पाईन्छ । यो कति बर्ष पुरानो हो ? यसको पहिचान गर्नु आवश्यक रहेको देखिन्छ । यो मौलापुरबासीको मात्रै नभई सिंगो रौतहट जिल्लाको पुस्ताका लागि अनुपम उपहार एवं सम्पत्ती रहेको छ ।
यसको संरक्षण र पुनर्निर्माणमा संघिय सरकारको ध्यान अहिले सम्म नजानु निकै दुखद विषय भएको हुँदा समयमै ध्यान पुर्याएर यस्ता सम्पत्तीको संरक्षण एवं संबद्र्धन गर्न राज्यले अग्रसरता देखाउनुपर्ने अत्यन्तै जरूरी रहेको मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले बताए ।
पुरात्तात्विक पतौरा महादेव मन्दिर नजिक उत्खनन पछि फेला परेका नेपालमै सबैभन्दा पुरा अवशेष निस्किएको छ । उक्त अवशेषहरुको फिचर तस्वीरहरुः