बलिंगमा असफल भएपछि नेपाल त्रिदेशीय सिरिजको उपाधी चुम्न सकेनन्

   २२ फाल्गुन २०८०, मंगलवार १५:०८  

काठमाडौं, २२ फागुन । नेपाल बलिंग क्षेत्रमा असफल भएपछि त्रिदेशीय टि–२० क्रिकेट प्रतियोगिताको सिरिज जित्नबाट बंचित भएका छन् ।
त्रिवि घरेलु मैदानमा नेपाल नेदरल्याण्डस संग ४ विकेटबाट पराजित हुँदै उपाधी चुम्नबाट बंचित भएका हुन् ।
नेपालले नेदरल्याण्डस समक्ष जितका लागि दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा पुरा गर्दै १८९ रन बनाए । अन्तिम बलमा छक्का हानेर नेदरल्याण्डसले उपाधी चुमेका छन् । नेपाली बलिंग क्षेत्र निरीह बनेपछि नेदरल्याण्डस ४ बिकेटले फाइनल जित हात पारे ।
नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन महत्वपूर्ण योग्यदान दिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । नेपालका लागि कुशल मल्लले तिन ओभरमा ३३ रन दिई ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।
टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलर सामु निरीह साबित भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।
नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेललाई गुमाएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भए । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।
त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।
गुल्सन झाले २५ बलमा ३ छक्काको मद्दतमा ३४ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।
नेपाली क्रिकेट टिमको बलिंग क्षेत्रमा देखिएको कमजोरीको कारण जितेको म्याचलाई जोगाउन सकिएनन् । दोश्रो स्थान हाँसिल गरेका नेपाली टिमलाई बधाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै